Published On:Thursday, December 11, 2014
Posted by dadad
जन्ती गएका तामाङको भिरबाट खसेर मृत्यु
२६ मंसिर, नुवाकोट । नुवाकोटको सामरीमा जन्ती गएका एक पुरुषको भीरवाट खसेर मृत्यु भएको छ ।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको सामरी गाविस वडा नं. ५ मा छिमेकीको जन्ती गएका कल्याणपुर ७ का ५५ वर्षका डम्वरवहादुर तामाङको मृत्यु भएको हो ।
प्रहरीले तामाङको शव शुक्रबार विहान भीरवाट खसेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।



