Published On:Thursday, December 11, 2014
Posted by Tekman Shakya

पहिचानको मुद्धा नछाड्न एकीकृत माओवादीलाई दबाब

२६ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीलाई सहमतिका नाममा पहिचानको मुद्धालाई छाडेर सहमनि नगर्न दबाब परेको छ । 

आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आज एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर पहिचान भन्दा बाहिर गएर सहमति नगर्न खबरदारी गरेको हो । 

पदमरत्न तुलाधर सहितका नेताहरुले शुक्रबार विहान माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर पहिचान र समानुपातिक समावेशी नछाड्न आग्रह गरेका हुन् । 

प्रदेशको संख्याबारे त्यति धेरै सरोकार नभएको भन्दै उनीहरुले पहिचानको मुद्दा छोड्यो भने आफुहरुलाई मान्य नहुने बताए । 

जवाफमा अध्यक्ष प्रचण्डले आफूले पहिचान र समावेशी समानुपातिकको मुद्दा नछोडेको बताए ।

0 comments for "पहिचानको मुद्धा नछाड्न एकीकृत माओवादीलाई दबाब "

Leave a reply

    Popular Posts

    Blog Archive