Published On:Friday, December 12, 2014
Posted by Unknown

योनीको केही भाग काटिदिने अनौठो चलन

हामीकहाँ बिहेको बेला केटी पक्षले केटा पक्षलाई दाइजो दिने चलन छ । तर केन्याको एक आदिवासी समुदायमा भने केटापक्षबाट बाख्रा, गाइ तथा उँट दाइजो लिएर छोरीचेलीहरुलाई बिहे गरिदिने चलन छ ।

निकै दर्दनाक लाग्ने यो परम्परागत चलन अनुसार बालिका तथा किशोरीहरुलाई उनीहरुका अभिभावकले केटापक्षबाट दाइजोको रुपमा गाइवस्तु लिएर आफ्नी छोरी बिहे बेच्ने गर्छन् । 

२० वटा बाख्रा, १० वटा गाइ तथा ३ वटा उँटमा छोरी साट्ने बाउआमाहरु केटा पक्षबाट गाइ बाख्रा तथा उँट लिन पाएकोमा दंग पर्छन् र यसरी वस्तुभाउ लिन घम्साघम्सी समेत हुन्छ ।

यो चलक केन्याको पोकोट आदिवासी समूदायमा विद्यमान छ । केटी पक्षलाई बुझाउनुपर्ने गाइवस्तुको बार्गेनिङमा कुरो मिलेपछि बेहुलो आएर जबरजस्ती बेहुलीलाई लतारेर लैजाने चलन छ । बिहेको समारोह अघि उनीहरुलाई एक महिना छुट्टै राखिन्छ । 

कुरो मिलेपछि बाउआमाले बिहेको चाँजोपाँजो गरेर आफुलाई सिँगार्न थालेपछि मात्र बालिका तथा किशोरीहरुले आफुलाई गाइवस्तुको भाउमा बेच्न थालेको थाहा पाउँछन् ।सानै उमेरमा अपरिचित केटाको बेहुली बनेर जानुपर्दा धेरै छोरीचेलीहरु रोइकराइ पनि गर्दछन् । भाग्न कोसिस पनि गर्छन् ।

तर बाख्रा, गाइ तथा उँट बुझाइसकेको युवक नलगी कहाँ छाड्थ्यो र रु बेहुलीलाई दह्रो गरी अठ्याएर लतार्दै लग्छन् ।

यसरी दाइजोको रुपमा केटी पक्षलाई बुझाउनुपर्ने वस्तुभाउहरु किस्ता किस्तामा बुझाइन्छ र बेहुली लग्ने दिनमा एउटा पशु लिएर केटा पक्ष केटी लिन आउँछन् । आफ्नो बिहेको कुरा थाहा पाएर छोरी भाग्नसक्ने आशंकामा बाउआमाहरुले बिहेको दिनसम्ममा यो कुरा गुपचुप राखेका हुन्छन् ।


दाइजोको रुपमा पाएका वस्तुभाउ मध्ये बेहुलीले एउटा साँढे बिहेको दिन छान्नुपर्छ र सो साँढेलाई मुटुमा तरबार रोपेर बली दिइन्छ । यसरी बली दिनुअघि केटीहरुले सो साँढेलाई धेरैपटक मुक्का हानेर गलाउँछन् । बिहेको दिनमा सोही साँढेको मासु पकाएर खाइन्छ ।

बिहेको दिन तथा रातभर चल्ने समारोहमा बेहुली उभिइरहनुपर्ने अप्ठेरो चलन छ । त्यसक्रमममा नाचगान पनि हुन्छ । बारिन्गो काउन्टीस्थित पोकोट आदिवासी इलाकामा झण्डै १ लाख ३३ हजार पोकोट आदिवासीको बसोबास छ । 

केन्याको कानूनले बाल विवाह निषेध गरेपछि यसरी गरिदिने विवाहमा बेचिने चेलीहरु १४(१५ वर्षका हुन्छन् ।
यो समुदायमा यस्तो अनौठो बिहेको चलन मात्र होइन किशोरावस्थामा पुग्नु अगावै बालिकाहरुको योनीच्छेदन गरिदिने चलन पनि छ । 

कैँची वा ब्लेडको माध्यमबाट योनीको केही भाग काटिदिने र त्यसपछि घाउ निको नहुन्जेल सम्म खुट्टा चलाउन नमिल्ने गरि बाँधिदिने कठोर चलन छ ।

साथै बालिकाहरुको कपाल समेत खौरिदिने चलन छ । यसरी योनीच्छेदन गरेपनि आफ्ना छोरीचेलीहरु पवित्र हुने मान्यता अभिभावकहरुमा छ ।

तर अदक्ष मानिसहरुले योनीच्छेदन गरिदिने र औषधि उपचार समेत नहुँदा रगत बगेर तथा संक्रमणका कारण बालिकाहरुको ज्यानै समेत जाने गर्छ ।

0 comments for " योनीको केही भाग काटिदिने अनौठो चलन "

Leave a reply

    Popular Posts

    Blog Archive