Published On:Monday, December 8, 2014
Posted by Tekman Shakya
एकै दिन तीन जनाले आत्महत्या गरे
काठमाडौं, मंसिर २२– दिनप्रति दिन आत्महत्याको श्रृङ्खला बढिरहेको बेला इलाम र सिन्धुपाल्चोकमा तीनजनाले आत्महत्या गरेका छन् ।
इलामको साँखेजुङ–२ का ४० वर्षीयका घनश्याम गुरुङले झुन्डिएर आत्महत्या गरेका छन् । बेलुका खाना खाएर सुत्न गएका उनी बिहान खन्युको बोटमा सनपाटको डोरीले झुन्डिएर आत्महत्या गरेका हुन् ।
यस्तै दानाबारी–१ की ३४ वर्षीया लक्ष्मी शिवा दर्जीले आफ्नै घरको आफू सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरिन् । स्थानीय हरिबहादुर दर्जीसँग तीन महिनाअघि मात्र खोटाङबाट विवाह गरेर आएकी लक्ष्मीको आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुई दिनअघि मात्र गोदक–३ की ८० वर्षीया दिलमाया मगरले घरनजिकैको अम्बकको बोटमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यस्तै सिन्धुपाल्चोक जिल्लाको इखु गाविस–२ मा तिर्मान लामाको श्रीमती ३५ वर्षीया पञ्चबढी राईले प्लास्टिकको डोरीले पासो लगाई झुन्डिएर रहेको अवस्थामा आज बिहान फेला परेकी हुन् ।
प्रहरीले सबै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।