हुँदैछ ‘वेब ठेगाना’को अभाव
Posted by dadad | Monday, May 18, 2015 | Posted in Technology
उत्तर अमेरिकामा अब केवल ३४ लाख इन्टरनेट ठेगाना मात्र बाँकी छन् र आउँदो गृष्मयाममा यी बाँकी वेब ठेगाना पनि प्रयोगमा आइसकेर सिद्धिनेछन् । वालस्ट्रिट जर्नका अनुसार वेब ठेगानाको कोटा सकिनै लागेको यो अवस्थामा अब इन्टरनेट व्यवसायले महंगो नयाँ प्रविधि अबलम्बन गर्नु आवश्यक देखिएको छ । अर्थात् इन्टरनेट प्रोटोकललाई नयाँ संस्करणमा ढाल्नु आवश्यक देखिएको छ । अहिलेसम्म चौथो संस्करण आइपिभी फोरमा रहेको इन्टरनेट प्रोटोकललाई छैटौँ संस्करण अर्थात इन्टरनेट प्रोटोकल ९आइपी० भि सिक्स मा रुपान्तरण गर्नु आवश्यक छ । इन्टरनेट इन्जिनियरिङ टास्कफोर्सले सन् १९९८ मै आविष्कार गरेको यो आइपीको नयाँ भर्सनको प्रयोग अब आवश्यक बन्दै गएको छ ।
वास्तवमा आइपी एड्रेस भनेको संख्याहरुको छोटो श्रृंखला हो जहाँ अंकहरुको बीचमा तिनवटा थोप्लो हुन्छन्, जस्तै ज्ञढद्ध।टट।डद्द।ज्ञज्ञ यसलाई कम्प्युटर र सर्भरले अन्यबाट आफ्नो पहिचान छुट्याउन, अन्य कम्प्युटर तथा सर्भरसँग जोडिनका साथै वेबसाइट लगायतका सूचना पठाउनमा प्रयोग गर्छन् । थोप्लोले छुट्टाएका यी चारवटा अंक समूहको आइपी एड्रेसको एउटा निकै महत्वपूर्ण अर्थ भनेको यसले कतिवटासम्म इन्टरनेट ठेगाना बनाउन सकिन्छ भन्ने सीमा तय गर्छ ।
चार सेटको यो आइपी एड्रेसको संरचनाले ४ अर्ब ३० करोड वेब ठेगानालाई धान्न सक्छ । तर यदि त्यसलाई ६ सेटमा पूराइयो भने त्यसले ३४० अनडेसिलियन अर्थात् ३४० पछि ३६ वटा शुन्ना बराबरको संख्या जति वेब ठेगानालाई धान्न सक्छ । यसको अर्थ पृथ्वीका हरेक परमाणुलाई पनि फरक फरक आइपी ठेगाना दिन सकिन्छ ।
विश्वका कतिपय देशहरु यो आइपीभिसिक्स विधिमा गइसकेका छन् । यसमा प्रयोग हुने वेब ठेगानाहरु केही लामा तथा जटिल हुने भएपनि त्यसले इन्टरनेटमा आउन थालेको संकट निवारण गर्न सक्छ ।
तथापि यसका लागि इन्टरनेट कम्पनीहरुले आइपि भि सिक्स सँग मिल्ने हार्डवेयरहरुमा लगानी गर्नुपर्ने हुन्छ, जुन अलिक महंगो हुन्छ । दी इन्डिपेन्डेन्ट
पृथ्वीमा खस्दै नियन्त्रण गुमाएको रुसी यान
Posted by dadad | Thursday, May 7, 2015 | Posted in Image, Technology
रूसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसका अनुसार यो यान नेपाली समयअनुसार शुक्रबार बिहान धर्तीमा खस्ने छ । 'रूसी यानका केबल साना र केही टुक्रामात्र धर्तिमा आइपुग्नेछन्', उसले भनेको छ ।
डेटिङ साइट बनाउन लाग्दा युटुब बन्यो
Posted by dadad | Friday, April 24, 2015 | Posted in Main News, Technology
२००५ फेब्रुअरी १५ मा जावेद करिम, चैड हर्ले र स्टीव चैनले युटुव डट कम डोमेन रजिष्टर गराएका थिए ।
दुर्गममा सडक खन्न फेसबुक अभियान
Posted by dadad | Tuesday, April 14, 2015 | Posted in Main News, Technology
फेसबुकमा नक्कली अकाउन्ट पत्ता लगाउन यसो गर्नुस्
Posted by Unknown | Saturday, April 4, 2015 | Posted in Technology
यो एपको नाम ‘फेकअप’ हो र यो एउटा फेसबुक एप हो । यो एपले तपाईंको फ्रेन्ड लिष्टलाई विश्लेषण गरेर नक्कली साथीको बारेमा जानकारी दिने गर्दछ । नक्कली साथी पत्ता लगाउनका लागि यसरी गर्नुहोस्
यो एपको प्रयोगः यसका लागि सबैभन्दा पहिले तपार्ईं आफ्नो फ्रेन्डलिष्टमध्ये त्यस्ता फ्रेन्डहरुलाई सेलेक्ट गर्नुहोस् जसमा तपाईंलाई शंका छ । त्यसपछि ‘फेकअफ’ एपले आफ्नो प्रविधिद्वारा त्यस्ता साथीहरुको जानकारी विश्लेषण गर्नेछ ।
विश्लेषण गरिसकेपछि नतिजाको रुपमा ती साथीहरुलाई १–१० सम्मको स्कोर दिनेछ ।
यसरी तपाईं आफ्नो फ्रेन्डलिष्टमध्ये नक्कली साथीको अनुमान गर्नसक्नुहुन्छ । यो एप तपाईंको फ्रेन्डलिष्टमा नयाँ संदिग्धका लागि पनि एलर्ट र नोटिफिकेसन पनि पठाउनुका साथै उनीहरुको फोटोको जाँच गरि संदिग्ध साथीले अरु कसैको फोटो प्रयोग गरेको हो कि होइन भन्नेसमेत जानकारी दिन्छ ।
यसको सबैभन्दा राम्रो विशेषता के हो भने यो एपमा तपाईं जे गर्नुहुन्छ त्यो तपाईंमा मात्र सिमित हुनेछ । यो शत प्रतिशत एक प्राइभेट एप हो । (एजेन्सी) सिंहदरवार सेरोफेरोबाट साभार
आलुबाट विजुली: एक गेडा आलुले ४० घण्टासम्म बल्ब बल्ने
Posted by Unknown | Friday, April 3, 2015 | Posted in Technology
विश्वका लगभग सबैजसो भागमा पाइने सर्वव्यापी खाद्यपदार्थ आलुले क्यालोरीको हिसाबले संसारका सबै मानिसको प्राण धानिदिएको छ । तर आलुले केवल खाद्यपदार्थको रुपमा मानिसको जिवन धान्ने मात्र होइन उर्जा संकटको समेत समाधान गरिदिने सम्भावना रहेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।यद्यपि आफुहरुले विकाश गरेको प्रविधिप्रति विश्वका सरकार तथा कम्पनीहरुले ध्यान नदिएको भन्दै शोधकर्ताहरुले निरासा व्यक्त गरेका छन् । इजरायलका वैज्ञानिकहरुले आलुबाट विजुली निकाल्ने प्रविधिको विकाश गरेका हुन् ।जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका प्राध्यापक हाइम रबिनोविच सहितका शोधकर्ताहरुले विकाश गरेको नयाँ प्रविधिबाट एउटा आलुले ४० घण्टासम्म बल्ब बालिदिन सक्छ । आलुबाट भरपर्दो तरिकाले सस्तो मूल्यमै व्यवसायिक स्तरमै विजुली निकाल्न सकिने सम्भावना रहेको दाबी गर्दै शोधकर्ताहरुले विजुलीको लाइन नपुगका विश्वका कतिपय क्षेत्रमा आलुबाट विजुली निकालेर वितरण गर्न सकिनेतर्फ संकेत गरेका छन् ।शोधकर्ताहरुका अनुसार आलुसँगै जस्ता तथा तामाको पाताको प्रयोग गरी विजुली निकालिन्छ । आलुभित्र रहेको अम्लले तामा तथा जस्तासँग रासायनिक प्रतिक्रिया गर्ने र त्यस क्रममा जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थमा जान्छ सो बेला उर्जा पैदा हुने शोधकर्ताले बताएका छन् ।साइकलजस्तै अनौठो कार !
Posted by Unknown | Wednesday, March 25, 2015 | Posted in Image, Technology
एउटा यस्तो कार, जसले अफिस पुग्दासम्म तपाईंलाई कसरत गराइदिन्छ । यो कार बिजुलीबाट पनि चल्छ र खुट्टाले पनि चलाउन मिल्छ । तपाईं आश्चर्यमा पर्नुभयो होला होइन, खुट्टाले कार चलाउन सकिन्छ भन्दा । तर, आश्चर्यमा नपर्नोस्, तपाईंको अगाडि त्यस्तो कार आइसकेको छ, जो साइकलजस्तै खुट्टाले पनि चलाउन सकिन्छ ।
यस्तो कारको नाम हो– ईएलएफ । साइकल र कारको यो हाइब्रिड सवारी साधनमा रिक्साको जस्तै पाइदानी राखिको छ । तर, यसमा एउटा पाइदानी अगाडि र अर्को पछाडि छ ।
कारको आकार अचम्मको छ । यसको रंग पनि निक्कै चमकदार छ । यो अनौठो कारको नामले नै यसको विशेषता झल्काउँछ । ईएलएफको अर्थ हो– इलेक्ट्रिक, (लाइट) हलुका र (फन) रमाइलो । यसको साइकलजस्तै पाइदानी चलाउँदा स्पिड प्रतिघण्टा ३२ किलोमिटर र विद्युत् वा सौर्यऊर्जाद्वारा चलाउँदा यसको स्पिड प्रतिघण्टा ५६ किलोमिटर छ ।
यो अनौठो कारले ५५० पाउन्ड अर्थात् २ सय ५० किलोसम्मको वजन बोक्न सक्छ । कारको आविष्कार गरेका राँब काँटरले साइकल र कार चलाउने अनुभवलाई एकै ठाउँमा जोड्न यस्तो निर्माण गरिएको बताए ।
राँबले यो कार १८ महिनाअघि नै सार्वजनिक गरेका हुन् । हालसम्म उनले ४५० वटा कार बेचिसकेका छन् । यो कारको मूल्य ५५ हजार डलर अर्थात् करिब साढे ५ लाख नेपाली रुपैयाँ छ । – एजेन्सी
खुसिको कुरा !!! फेसबुक म्यासेन्जरबाट पैसा पठाउन सकिने...
Posted by Unknown | | Posted in Image, Technology
यसको उपयोगकर्ताले अमेरिकी बैकबाट जारी भएको भिसा कार्ड या मास्टरकार्डलाई आफ्नो अकाउन्टमा जोड्नु पर्नेछ।
निसुल्क पैसा ट्रान्सफर
यो सेवा निसुल्क हुने छ। डेक्सटप कम्प्युटर वा स्मार्ट मोबाइल प्रयोगकर्ताले सेवा उपयोग गर्न सक्नेछन्। अमेरिकाबाट गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम वा एप्पलको आइओएस अपरेटिङ सिस्टममा फेसबुक म्यासेन्जर चलाउनेहरुले केही महिनाभित्र यो सुविधा प्राप्त गर्न सक्ने छन्।
प्रयोगकर्ताले यसको लागि एउटा पीन बनाउन सक्नेछन् या टच आइडी बनाउने सुविधा पनि रहने छ। जसले प्रयोगकर्ताको गोपनियता कायम रहने फेसबुकले जनाएको छ।
Source-www.osnepal.com
के तपाईँको इन्टरनेटको गति कम छ? छ भने यसो गर्नुहोस ।
Posted by Unknown | Wednesday, March 11, 2015 | Posted in Technology
सामान्यतया यो प्रश्नको जबाफ ‘हो’ वा ‘छ’ मा नै आउँछ । किनकी इन्टरनेटको महासागर र आजकलको इन्टरनेटमय जीवन शैलीमा जत्ति नै स्पिड भए पनि त्यो कम नै जस्तो लाग्छ। मेरो आफ्नै अनुभवको कुरा गर्ने हो भने पनि 56 kbps देखि 2 MBps सम्मको गतिमा इन्टरनेट चलाउँछु ... तर कामको प्रकृति वा उपयोगको आधारमा हेर्दा अझै अलिकता फास्ट भए’नि हुन्थ्यो भन्ने मनस्थिति सधैँ रहन्छ । त्यसैले आजको पोस्टमा उपलब्ध इन्टरनेटको गतिलाई कसरी अधिकतम उपयोग गर्ने भन्नेमा यो पोस्ट केन्द्रित गरेको छु यथार्थको स्विकार‘अन्टार्कटिकामा नेपाली माटो’
Posted by Tekman Shakya | Wednesday, March 4, 2015 | Posted in Main News, Technology
भैरहवास्थित पद्यमाश्री चलचित्र मन्दिरमा प्रदर्शन गरिएको वृत्तचित्र कलेज तथा उच्चमाविका विद्यार्थी, साहित्यकार, विभिन्न कलेजका प्राचार्य, शिक्षक–शिक्षिकाले अवलोकन गरेका छन् ।
अब प्रिपेड र पोष्टपेडबीच पनि ट्रान्सफर हुने
Posted by Unknown | Monday, March 2, 2015 | Posted in Main News, National, Technology, पत्रपत्रिका
१९ फागुन,काठमाण्डौ- नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको टेलिफोन सेवाहरुमा एकअर्कामा
रकम ट्रान्सफर गर्नसक्ने सुविधा थप गर्ने भएको छ । जीएसएम
टेलिफोनअन्तर्गतको प्रिपेड मोबाइल सेवामा मात्र रहेकाले यो सुविधालाई
टेलिकमले अन्य सेवासँग पनि जोड्ने योजना बनाएको आजको अभियान दैनिकमा खबर
छापिएको छ।नगद पुरस्कार पाइने नेपाली सामाजिक संजाल सार्वजनिक
Posted by Unknown | Wednesday, February 25, 2015 | Posted in Image, Technology
१३ फागुन काठमाडौं, – नेपालीले विकास गरेको प्रयोगकर्तालाई खाता खोल्दा, साथी बनाउदा रिवार्ड (नगद पुरस्कार) दिने विशेषतासहितको सगुन डटकम बुधबार विश्वब्यापी रुपमा सार्बजनिक भएको छ । वेवसाइटमै सोसल स्मार्ट कार्ड र व्यक्तिगत तथा व्यवसायिक पेज भएको साइट अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सगुन इंकले सार्वजानिक गरेको हो ।
कुनै समय पेन्टागनमा सिस्टम इन्जिनियरको रुपमा काम गरेका गोविन्द गिरीले स्थापना गरेको कम्पनी सगुन इंकले यस्तो एप्लिकेशन निर्माण गरेको हो । पेन्टागनमा रहँदा गिरीले सगुनलाई गुगलजस्तै सर्च इन्जिन बनाउने प्रयास गरेका थिए ।
सूचना प्रविधि क्षेत्रमा केही फरक काम गर्ने इच्छा बोकेका गिरीले त्यही सगुनलाई सामाजिक सञ्जाल जस्तै ‘सगुन’ एप्लिकेशनको विकास गरेर सार्बजनिक गरेका छन् । यसमा फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामसहितका मेसेजिङ साइटको विशेषता छ नै । त्यस अतिरिक्त यसमा खाता खोल्दा, साथी बनाउँदा, सेक्रेट म्यासेज पठाउदालगायतका साइटमा इन्गेज भएर विभिन्न गतिविधि गर्दा प्रयोगकर्तालाई रिवार्ड प्राप्त हुन्छ । यसलाई सगुन सोसल स्मार्ट कार्डका रुपमा प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले डिजाइन गरिएको यो कार्डले ग्राहकलाई अनलाईन सपिङ गर्न र अनलाइनमार्फत उपहार प्रदान गर्न सहज बनाउछ । प्रयोगकर्ताले खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ ।
त्यसै गरी अन्य गतिविधिबाट जम्मा भएको रकम निश्चित समयपछि सगुन इंकले आधिकारिकता प्रदान गरेका खुद्रा विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिन्छ । कार्ड प्रयोगकर्ताको प्रोफाइल सगुन एप्समा समावेश गरिएको हुन्छ । यो डिजिटल उपहार प्रदान गर्न चाहनेका लागि ‘वन स्टप शप’ हुनेछ । सुचिकृत विक्रेताहरुकोमा गएर सबैभन्दा पहिला यो स्मार्ट कार्डको प्रयोग गर्नेले ५ अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
यससँगै रहेको मी पेजले प्रयोगकर्ताको व्यवसायिक उपलब्धि हासिल गर्न र समाजिक जीवनको प्रभाव बढाउने मद्दत गर्नेछ । यसअघि सगुनले ‘सिक्रेट’ र ‘ओकेजन’ एप्लिकेशन लञ्च गरिसकेको छ । जसमा प्रयोगकर्ताले तस्वीरमार्फत उनीहरुको व्यक्तिगत क्षण एक अर्कामा साटासाट गर्न सक्छन् । कुनै विज्ञापन बिना अहिलेसम्म सगुनमा १ लाख १६ हजार रजिष्टर्ड प्रयोगकर्ता छन् ।
होस् गर्नुस्ः इमेल तथा सामाजिक सञ्जाल थाहा नपाई ह्याक हुन सक्छ
Posted by Tekman Shakya | Friday, February 20, 2015 | Posted in Main News, Technology
कसले गर्दै छ तपाईंको फोनको जासुसी ? यसरी थाहा पाउनुहोस्
Posted by Unknown | Wednesday, January 21, 2015 | Posted in Image, Technology
इमेल खोल्न चाहिँदैन पासवर्ड
Posted by dadad | Monday, January 19, 2015 | Posted in Technology
आफ्नो निजी इमेल खाता, फेसबुक र ट्वीटरजस्ता सामाजिक संजालमा राखिने
थरिथरिका पासवर्ड सम्भिmन दिक्क मानिरहनुभएको छ भने अब खुसीको खवर छ ।गुगलले अब बोलेको कुरालाई पनि ट्रान्सलेट गर्ने
Posted by Unknown | Saturday, January 17, 2015 | Posted in Technology
गुगलको भाषिक अनुवाद सेवा गुगल ट्रान्सलेटबाट अब बोलेका कुरालाई समेत आफुले चाहेको भाषामा अनुवाद गर्न सकिने भएको छ ।अब पानीबाटै गुड्ने भयो मोटरसाइकल
Posted by Unknown | Friday, January 16, 2015 | Posted in Technology

बिल गेट्सले पीए मानव दिसाबाट तयार गरिएको पानी
Posted by Unknown | Tuesday, January 13, 2015 | Posted in Image, Technology
महिलाको योनीबाट मोबाइल चार्ज !
Posted by Unknown | Friday, January 9, 2015 | Posted in achamma sansar, Technology












