Published On:Tuesday, January 13, 2015
Posted by Unknown

बिल गेट्सले पीए मानव दिसाबाट तयार गरिएको पानी

२८ पुस, एजेन्सी – माइक्रोसफ्टका संस्थापक बिल गेट्सले मानिसको दिसाबाट तयार गरिएको पानी पिएका छन् । तर, यो कुनै सौख या सर्तको लागि नभएर कम विकसित देशहरुमा स्वच्छ पानी तयार गर्न विकास गरिएको नयाँ प्रविधिको प्रदर्शनी गर्ने क्रममा उनले सो पानी पिएका हुन् ।
गेट्सले यस्ता प्रासेसिङ प्लान्टहरुलाई परिक्षणपछि यस वर्षको अन्त्यसम्म विश्वभर पठाउन चाहेको बताए ।
उनको यस प्रोजेक्टलाई वाटर एडले समेत स्वागत गरेको छ । वाटर एडले गेट्सको यस प्रोजेक्ट विशेष गरेर शहरी क्षेत्रमा बढी उपयोगी हुने जनाएको छ ।
गेट्सको ब्लगमा पोस्ट गरिएको भिडियोमा मानिसको दिसालाई प्रोसेसरमा हालेर निकालिएको पानी उनी आफैले पिएको देखाइएको छ ।
‘प्रोसेसरको पानी सामान्य पानी जस्तै मिठो छ । मैले पानी तयार गर्ने प्रक्रियाबारे अध्ययन गरेको छु र यसलाई दिनहुँ पिउन तयार छु । यो सुरक्षित छ,’ उनले ब्लगमा लेखेका छन् । 

0 comments for "बिल गेट्सले पीए मानव दिसाबाट तयार गरिएको पानी"

Leave a reply

    Popular Posts

    Blog Archive