Published On:Tuesday, January 13, 2015
Posted by Unknown
दीपिकाले कट्रिनालाई भनिन्- रणवीरसँग बिबाह नगर
यसैवर्ष बैवाहिक जीवनमा बाँधिन लागेका बलिउड सुन्दरीहरु दीपिका पादुकोण र कटि्रना कैफ त्यसकै तयारीमा लागिरहेका छन्।
दीपिकाले रणवीर सिंहसँग र कट्रिनाले रणबीर कपुरसँग बिबाह गर्ने खबर बाहिर आएको छ। यसैबीच दीपिका पादुकोणले भने कट्रिना कैफलाई आफ्ना पूर्व प्रेमी रणवीर कपुरसँग बिबाह नगर्न सल्लाह दिएकी भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
एक साताअघि लन्डनमा कट्रिना र रणवीरवीच इंगेजमेन्ट भएको खबर सार्वजनिक भएसँगै दीपिकाले सार्वजनिकरुपमै यस्तो सुझाव दिएकी हुन्।
हालै एक अवार्ड कार्यक्रमका दौरान दीपिका प्रेमी रणवीर सिंह बिनै रेड कार्पेटमा सहभागी भएकी थिइन् । अवार्ड कार्यक्रमका दौरान संचालकले दीपिकालाई सोधे- तपाईं
कट्रिना कैफलाई के सुझाव दिन चाहानुहुन्छ ?
दीपिका कुनै बिलम्ब नगरी भनिन्- ‘रणवीर कपुरसँग बिबाह नगर्नु ।’ फिल्मी हस्तीहरु उपस्थीत कार्यक्रममा दीपिकाले कट्रिनालाई यस्तो सुझाव दिएपछि सवै छक्क परे ।
दीपिकाले आफ्ना पूर्व प्रेमी रणवीर र कट्रिनाबारे हल्कारुपमा सार्वजनिक टिप्पणी गरेको यो पहिलोपटक भने होइन।


