Published On:Tuesday, January 13, 2015
Posted by Unknown
रेकर्डमाथि रेकर्ड बनाउँदै पीके
आमिर खानको पछिल्लो सिनेमा 'पीके' रेकर्ड माथि रेकर्ड बनाएको छ। बलिउडमा सोलो रिलिज भएको सिनेमा पीकेले भारतसहित विश्वभरमा ६ सय २० करोड भारू कमाएको छ। योसँगै ६ सय करोड कमाउने पहिलो बलिउड सिनेमा पनि बनेको छ। यसअघि विश्वभरमा सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड आमिर खानकै धुम थ्रीको नाममा थियो। धुम थ्रीले विश्वभरबाट ५ सय ४२ करोड भारूको ब्यापार गरेको थियो। धुम थ्रीको यो रेकर्ड आमिर खानकै पिकेले केही दिन अगाडि तोडेको हो।
पीकेले भारतमा मात्र ३२५ करोड कमाएको छ भने भारतबाहिर १५३ करोड कमाएको छ।


