Published On:Saturday, May 2, 2015
Posted by Tekman Shakya

‘नोना कोइराला स्मृती प्रतिस्ठान’ मार्फत शेखरको राहत

काठमाडौं, वैशाख २० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भुकम्प प्रभावित विभिन्न जिल्लामा आफ्नो सहयोगी हात फिजाईरहेका छन् ।

उनको व्यक्तिगत पहलमा देशका विभिन्न स्थानहरुमा राहत वितरण कार्य अझै जारी छ । उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाको पहलमा शनिबार सिन्धुपाल्चोकको मान्खामा राहत सामग्री वितरण भएको छ ।

महाभुकम्पले बिस्थापित भएका सिन्धुपाल्चोकको माँखामा ‘नोना कोइराला स्मृती प्रतिस्ठान’ मार्फत डा. कोइरालाले राहत वितरण गरेका हुन् । ३६० भन्दा बढी घरधुरि भएको माँखा गाबिसको वडा नं ७ मा सबै घर भग्नावसेश भएका छन ।

अहिले सम्म त्यहाँ कुनै पनि राहत नपुगेको र नोना कोइराला स्मृती प्रतिस्ठान मार्फत पुगेको राहत नै पहिलो भएको स्थानियबासिले बताएका छन् ।
तस्वीरहरुः दिनेशचन्द्र थपलियाको फेसबुकबाट




0 comments for "‘नोना कोइराला स्मृती प्रतिस्ठान’ मार्फत शेखरको राहत"

Leave a reply

    Popular Posts

    Blog Archive