Published On:Sunday, May 3, 2015
Posted by dadad

सरसफाई अभियानमा एमाले नेता नेपालको सक्रियता

२१ वैशाख, काठमाडौँ । संधै राजनीतिक भेटघाट, दलीय बहस र संविधान निर्माणकै विषयमा अल्झिरहने राजनीतिक दलका नेताहरु फरक ढंगले पछिल्लो क्रियाकलापमा आईरहेका छन् । सोमबार विहान सहिदगेटमा सरसफाई कार्यक्रम चलिरहेको थियो ।

एक्कासी त्यहाँ एकजना कत्तै कत्तै चिनेचिने जस्तो लाग्ने माक्स लगाएका एकजना देखियो । अझै नियालेर हेर्दा उनी थिए नेकपा एमालेका वरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । उनी हातमा कुचो लिएर मुखमा माक्स लगाएर सडक बढार्न सक्रिय रुपमा लागिरहेका थिए । सधैँजसो राजनीतिक कार्यक्रममा व्यस्त रहने पूर्वप्रधानमन्त्री समेत रहेमा नेपाल सोमबार कुचो लिएर सडक बढार्ने कार्यमा सक्रिय भए ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति काठमाडौँले भूकम्पका कारण विभिन्न रोग आउन सक्ने भन्दै आज सहिदगेटदेखि टुँडिखेलभित्रको अस्थायी शिविरसम्म गरेको सरसफाइ कार्यक्रमलाई नेता नेपालले नेतृत्व गरेका हुन् । पूर्वप्रधानमन्त्री नेपालले माक्स र पञ्जा लगाएर कुचो समाउँदै सडक सफा गरेको दृश्य कम रोचक थिएन । उनको सफाई कार्यलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पनि सघाएका थिए ।

नेता नेपालले विनाशकारी भूकम्पले मुलुकमा ठूलो धनजनको क्षति भएको हुँदा सरकारले प्रभावित स्थानमा अविलम्ब उद्धार, राहत उपलब्ध गराउँदै सर्वसाधारण बस्दै आएको घरको जोखिम न्यूनीकरणका लागि व्यवस्था गर्नुपर्ने बताए । मन्त्री पौडेलले भूकम्पले गर्दा विभिन्न रोगको संक्रमण तथा महामारी फैलन सक्ने आशंका गर्दै त्यसलाई रोक्न सरसफाइमा जोड दिनु पर्ने बताए ।

राहत वितरण 
सोमबार विहानै सरसफाई अभियानमा कुचो लिएर जुटेका पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले काठमाडौं क्षेत्र नं. २ अन्तर्गतका विभिन्न स्थानमा राहत सामग्री वितरण गरेका छन् । विनाशकारी भूकम्पपछि मुलुकले भोग्नुपरेको संकटलाई ध्यानमा राख्दै उद्धार तथा राहतको टोली लिएर प्रत्येक दिनजसो त्रिपाल, पाल, खानेकुरा, स्वास्थ्य टोली, निःशुल्क क्यान्टिनजस्ता कुराको व्यवस्थापन तथा अनुगमनमा नेता नेपाल सक्रिय भैरहेका छन् ।

0 comments for "सरसफाई अभियानमा एमाले नेता नेपालको सक्रियता "

Leave a reply

    Popular Posts

    Blog Archive