Published On:Wednesday, May 6, 2015
Posted by dadad

भूकम्पले नक्सांकन नै परिवर्तन


२४ वैशाख, काठमाण्डौ । भूकम्पले मध्य, पूर्व र पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा राखिएका जग्गा नापजाँचका सन्तुलन बिन्दुहरू ध्वस्त हुँदा मुलुककै नक्सांकनको दिशा परिवर्तन हुने भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
 
नापी विभागले भूकम्पपछि उपत्यकाका विभिन्न पाँच नियन्त्रण बिन्दुबाट जीपीएस प्रविधिबाट सर्वेक्षण गर्दा डेढ मिटर हाराहारीमा दक्षिण पश्चिम सरेको निष्कर्ष निकालेको छ।
 
भक्तपुरको नगरकोट, ललितपुरको फूल्चोकी डाँडा, बुङमतीको लाखेडाँडा, काठमाडौंको स्वयम्भू, नुवाकोटको कुमारीडाँडामा जग्गा नापजाँच र नक्सांकनका लागि राखिएका नियन्त्रण बिन्दुमा नापी विभागले भूकम्पपछि जीपीएस प्रविधिमार्फत अध्ययन गर्दा ती बिन्दु ध्वस्त भएको र पुन: सर्वेक्षण गर्नुपर्ने देखिएको छ।

0 comments for "भूकम्पले नक्सांकन नै परिवर्तन"

Leave a reply

    Popular Posts

    Blog Archive