Published On:Monday, December 8, 2014
Posted by dadad
प्रधानमन्त्री बनेपछि सुको कमाएनन् कोइरालाले ?
२३ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले तीन महिनाअघिको मिति राखेर सम्पत्ति विवरण बुझाएका छन् ।
कोइरालाले सोमबार सम्पत्ति विवरण बुझाए पनि २७ भदौको मिति राखिएको छ । भ्रष्टाचार निवारण ऐन-०५९ अनुसार हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ ।
सोही प्रावधान पुर्याएको देखाउन प्रधानमन्त्रीले २७ भदौको मिति राखेर सम्पत्ति विवरण बुझाएका हुन् । नयाँ पत्रिकामा खबर छ । सम्पत्ति विवरणमा भने उनले नौ महिनाअघि नै पेस गरेको तीन थान मात्र मोबाइल रहेको उल्लेख गरेका थिए ।
कोइराला प्रधानमन्त्री भएपछि पहिलोपटक २८ चैत ०७० मा सम्पत्ति विवरण बुझाएका थिए । त्यतिखेर सम्पत्तिका नाममा तीनवटा मात्रै मोवाइल रहेको उल्लेख गरेका उनले आफूसँग नगद तथा चलअचल कुनै पनि सम्पत्ति नरहेको विवरणमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले २७ भदौको मिति राखेर पेस गरेको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सोमबार मात्रै वेवसाइटमार्फत सार्वजनिक गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै यसअघि प्रधानमन्त्रीले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाएको जनाएको थियो ।



