Published On:Tuesday, December 9, 2014
Posted by dadad

काम्रेडका कुर्सी र कानेखुसीका काण्ड

२४ मंसिर,काठमाडौं । ‘यो बाहिर भन्ने कुराचाहिँ होइन, तर उस्तै परे अन्तरिम संविधानलाई नै भएपनि नयाँ रुपमा जारी गर्नुपर्छ ।’ दिउँसो बल्खुको केन्द्रीय कमिटी बैठकलाई संवोधन गरेर निस्किँदा अनलाइनमा २०४७ सालको संविधान ब्युँताउन खोज्ने खलनायकका रुपमा प्रचारित एमाले अध्यक्ष केपी ओली लगत्तै बालुवाटारको दलीय बैठकमा यसबारे प्रस्टिकरण दिन बाध्य भए ।

यता, एकताका हैसियतविना टुप्पीमा समातेर तानिएका र ४ महिनाअघि उद्योगमन्त्रीबाट फालिएका कर्ण थापाले कोटेश्वरस्थित माधव नेपालको निवासमा गएर सत्तोसराप गर्न भ्याए ।

अघिल्लो साता माधवलाई भेटेर पोल लगाए, ‘टिभीकी नौटंकी अञ्जान शर्मालाई अमेरिकाका निम्ति राजदूत र लोग्ने अजयक्रान्तिलाई मिडिया आयोगमा आयुक्त बनाउँदैछन् ।’

आफूलाई मन्त्रीबाट हटाइएकोमा आक्रोश पोख्दै भन्दै गए, ‘काम्रेड मैले हजुरको व्यक्तिगत रुपमा कहिल्यै विरोध गरिनँ । ओलीको पछि लाग्नुको अर्थ रहेनछ । त्यो महेश पनि बदमास रहेछ । दुनियाँले गुण्डाभन्दा पनि मैले बोकेर हिँडे, आखिर मलाई फालेर आफैं मन्त्री बन्नतिर पो लाग्यो ।’

कर्णले नेपालसँग विभिन्न काण्डको चुक्ली खोल्दै लामो समय कानेखुसी गरे । जनआस्था साप्ताहिकमा खबर छ ।

0 comments for "काम्रेडका कुर्सी र कानेखुसीका काण्ड"

Leave a reply

    Popular Posts

    Blog Archive