Published On:Sunday, December 7, 2014
Posted by dadad
कारागारका कैदीको पालमुनी बास !
नेपालगन्ज । नेपालगन्ज बजारको मध्यभागमा रहेको बाँके जिल्ला कारागारमा अहिले क्षमताभन्दा अत्यन्त धेरै कैदीबन्दी राखिएका छन् ।
कारागार विभागले ३०० कैदी राख्न सक्ने क्षमता निर्धारण गरे पनि सो कारागारमा अहिले ५५५ कैदीबन्दी कोचाकोच गरेर राखिएका छन् ।
कोठाको अभाव भएपछि अहिले केही कैदीहरू पालमुनि रात बिताउने गर्दछन् । जाडो महिना भएकाले पालमुनि रात बिताउने कैदीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न थालेको र उनीहरूको दैनिकी झन् कष्टकर बन्दै गएको छ ।

क्षमताभन्दा धेरै कैदी हुनु, कारागार भवन जीर्ण हुँदै जानु, शौचालयको पर्याप्त नहुनु, ढल र फोहरमैलाको उचित निकास नहुनुलगायतका कारण कैदीले थप समस्याको सामना गर्नुपरिरहेको कारागार प्रशासनको भनाइ छ ।
कारागारमा रहेका कैदीको आचरण सुधारका लागि उनीहरूलाई स्वरोजगारमूलक काममा उत्प्रेरित गर्न कारागार विभागले त्यहाँ बाँसको मुढा बनाउने र महिला कैदीका लागि सिलाइ कटाइ व्यवसायको समेत व्यवस्था गरेको छ ।