Published On:Wednesday, May 6, 2015
Posted by my storry
अन्तत खान जेलमा
१२ वर्ष पुरानो एक मुद्धामा सुनुवाई गर्दै मूम्बईको एक अदालतले भारतका सुपर स्टार नायक सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाएको छ ।
जमानतमा छुट्नका लागि खानले उच्च अदालतमा अपिल गर्नुपर्ने छ ।
आज भएको सुनुवाईका क्रममा वकिलहरुले सलमानले त्यस समयमा नशामा गाडी हाँकेको र उनि विरुद्ध लागेका सवै आरोप सत्य सावित भएको भन्दै ५ वर्षको जेल सजाय सुनाएको विविसी हिन्दीले लेखेको छ ।
निकै भावुक र निरास मुद्रामा सुनुवाईमा वसेका खानले सुनुवाई पछि वाहिरीने समयमा सञ्चार माध्ययममा कुनै प्रतिक्रिया दिन मानेन् ।
खानलाई २८ सेक्टेम्बर २००२ मा फुटफथमा बस्ने एक व्यक्तिको गाडीको ठक्करबाट मारेको आरोप लागेको थियो ।



