Published On:Monday, May 4, 2015
Posted by Tekman Shakya
राहतको त्रिपाल बेचेको पुष्टी गरेर कारबाही गर्न नेविसंघको सिफारिस (विज्ञप्ती सहित)
काठमाडौं, वैशाख २२ । नेपाली काँग्रेस निकट विद्यार्थी संगठनले विभिन्न अनलाईन संचारमाध्यमहरुमा राहतका लागि ल्याईएको त्रिपाल विक्रि गर्यो भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेविसंघका अध्यक्ष रन्जित कर्णले विज्ञप्ती निकालेर समाचारमा सत्यता छ भने, त्यस्तो कार्य गर्नेलाई कारबाही गर्न सरकारसँग सिफारिस गरेका छन् ।
उनले विज्ञप्ती मार्फत अनलाईन संचार माध्यमहरुमा आएको समाचारले आफुलाई निक्कै दुःखी बनाएको बताएका छन् ।
यस्तो दुःखद घडीमा नेविसंघका नेता तथा कार्यकर्ता जो कोहीले राहतका लागि ल्याईएको त्रिपाल बेचेको प्रमाण पाईए त्यस्तो कार्य गर्नेलाई साधरण सदस्य समेत नरहने गरी आजिवन कारबाही गर्ने कर्णले भनेका छन् ।
उनले अनलाईन संचार माध्यमहरुलाई अमानवीय कार्य गर्ने व्यक्तिको सम्पूर्ण विवरण खुलाईदिन समेत विज्ञप्ती मार्फत आग्रह गरेका छन् । समाचारमा सत्यता नभएको खण्डमा समाचार संप्रेशण गर्ने संचार माध्यमलाई कानुन बमोजिम उजुरी गरिने अध्यक्ष कर्णले निकालेको विज्ञप्तीमा उल्लेख छ ।



