Published On:Thursday, February 5, 2015
Posted by Unknown

प्रधानमन्त्रीले फेरि गरे प्रचण्डलाई फोन, जवाफमा के भने प्रचण्डले

२३ माघ, काठमाण्डौ,- दाहालले वार्ताका लागि ठोस वातावरण बनाउन कोइरालालाई आग्रह गरेका थिए । दुई नेताबीच टेलिफोनमा छोटो कुराकानी भयो, प्रगति भएन दाहाल निकट एक नेताले भने । गत शुक्रबार कोइराला वार्तामा बस्न आग्रह गदै दाहाल निवास पुगेका थिए ।

प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई  बिहीबार बिहान फोनमा गरी वार्ताबाटै समस्या खोज्न आग्रह गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।  दाहालले यही अवस्थामा वार्ता हुन भन्दै बिपक्षी मोर्चाले अघि सारेका शर्तबारे बिचार गर्न आग्रह गरे । बिपक्षीले संधिानसभासभामा बहुमतीय प्रक्रिया रोकेर सहमतिका आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता गर्न सत्तापक्षलाई आग्रह गरेका छन् ।
यो सहित दुई नेताबीच तीनपटक टेलिफोनमा कुराकानी भइसकेको छ । कोइरालासंगको टेलिफोनपछि दाहाल आन्दोलनको तयारीका लागि बिपक्षी दलको बैठकमा सिंहदबार पुगेका थिए ।  बालुवाटार स्रोतका अनुसार कोइरालाले आन्दोलन छाडेर बार्तामा बस्न आग्रह गरेका हुन ।
उनले संविधान निर्माणका विवादित बिषय सहमतिबाटै अघि बढाउन आफू दृढ रहेको समेत बताएका थिए । कांग्रेस प्रवक्ता दिलेन्द्र बडुका अनुसार प्रधानमन्त्री कोइरालाले टेलिफोन मार्फत बार्ताका लागि विपक्षी मोर्चालाई आव्हान गरेको बताए ।

0 comments for "प्रधानमन्त्रीले फेरि गरे प्रचण्डलाई फोन, जवाफमा के भने प्रचण्डले"

Leave a reply

    Popular Posts

    Blog Archive