Published On:Thursday, February 5, 2015
Posted by Unknown
ओलीले एमाओवादीलाई भने, धेरै दाह्रा किट्दा आफ्नै बंगारा खिइन्छ
२३ माघ, काठमाण्डौ,-एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीमा लागेर परिवार गुमाएका व्यक्तिहरूलाई एमालेमा आउन आह्वान गरेका छन् । एमाओवादीमा लागेर परिवारमा क्षति पुगेका व्यक्तिलाई एमालेले सुरक्षा, सम्मान र अवसर दिने उनले घोषणा गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले 'अहिले आन्दोलनमा के भनेर जाने जाने कमरेड ?' भनी प्रश्न गर्ने कार्यकर्ताको पार्टी सदस्यता खारेज गरिदिने धम्की दिएकोप्रति ओलीले कटाक्ष गरे ।'अहिलेको आन्दोलनमा के भनेर जाने कमरेड, के भनेर हाम्रो आन्दोलनमा जनता आउँछन् ? भनी प्रश्न गर्ने कार्यकर्तालाई कांग्रेस-एमालेमा जाऊ भन्छन्', ओलीले भने, 'विभिन्न पार्टीमा रहेका उनका परिवारको क्षतिमा एेसआराम गर्नेलाई छाडेर एमालेमा आउन आग्रह गर्छु । आउनुस् एमालेमा, तपाईंको सुरक्षा, सम्मान र अवसर एमालेले दिन्छ । निरर्थक ढंगले हिंसा र मुठभेडमा जान खोज्नु ठीक छैन ।'
एमालेको भगिनी संगठन प्रेस चौतारीको स्थापना दिवश समारोहलाई सम्बोधन गर्दै ओलीले आन्दोलनमा कोही पनि जनता नआउने दाबी गरे ।
'देश र जनताको निम्ति काम गर्नुस् न सिद्धिगो, अब पनि क्रान्ति गर्नुपर्ने छ र ? जनता कसैले सिट्ठी फुक्ने बित्तिकै लाठो लिएर कसैका टाउकामा हान्न तम्तयार भएर बसेका हुन्नन्', उनले भने, 'आन्दोलनमा कोही जनता किन उठ्छ ? हामीले माघ ५ गते, ११ गते पनि हेर्यौं, अस्ति र हिजो पनि हेर्यौं । धेरै दाह्रा किट्दा आफ्नै बंगारा खिइन्छ । उहाँहरूले आफ्नै बंगारा खियाउँदै हुनुहुन्छ, यसो नगर्नू ।' अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।



