Published On:Thursday, February 5, 2015
Posted by Tekman Shakya
पाँच कक्षाका विद्यार्थीले एकको हिसाब जानेनन्
२२ माघ, पाँचथर । फिदिम–२ स्थित पल्लोटारमा रहेको सूर्याेदय प्राविका कक्षा ५ का विद्यार्थीले गणित विषयमा लिइएको परीक्षामा कक्षा १ को पनि प्रश्नपत्र पनि हल गर्न सकेनन् ।
णनीति अनुगमन परिवर्तन गरेर विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा शिक्षकले पढाए कि पढाएनन् भनेर विद्यार्थीको परीक्षा लिने र ठ्यक्रमबाट प्रश्नपत्र निर्माण गरी विद्यार्थीको परीक्षा लिन थाल्दा त्यस्तो देखिएको जिशिअ ज्ञानमणि नेपालले बताए ।
र उनका अनुसार अब कक्षाकोठाको विद्यार्थी सिकाइ उपलब्धिको अनुगमनका आधारमा शिक्षकलाई प्रोत्साहन र दण्ड गरिने जिशिकाले जनाएको छ ।
सैबीच मादक पदार्थ सेवन गरेर विद्यालय समयमा जाने शिक्षकलाई जिशिकाले धमाधम राजीनामा गराउन थालेको छ । रासस


