Published On:Thursday, February 5, 2015
Posted by Tekman Shakya
मुडेमा सनम र ममताको प्रेम लिला
अहिलेको सांगीतिक व्यापार डिजिटल बजारमा चलिरहेको छ । त्यहि डिजिटल बजारमा चर्चा कमाउन सफल कलाकर्मी हुन् सनम कठायत । पछिल्लो सांगीतिक बजारमा भिन्दै स्थान बनाउन सफल सनम यो पटक सिन्धुपाल्चोक पुगे । अनि सुरु भयो पर्यटकीय नगरी मुडेबाट ममतासँग उनको प्रेम लिला । त्यो प्रेम लिला उनीहरुको बास्तविक जीवनमा नभई एउटा सांगीतिक कोसेलीमा थियो ।संजिव खड्काको शब्द र गायक प्रमोद खरेलको श्वरमा सजिएको ‘किन तिम्रो’ शिर्षको सुगम संगीतमा मोडलिङका लागि सनम र ममता धामी सिन्धुपाल्चोकको मुडे पुगेका हुन् । उपत्याका बाहिर बसेर गीतको माध्यमबाट ससक्त कलम चलाउने बर्दीयाका संजिवको प्रेम कहानीमा आधारित ‘किन तिम्रो’ को छायांकन भर्खरै मात्र सकिएको हो ।
कृष्ण फिल्मसका उज्ज्वल केसीले निर्देशन गरेको गीतमा संगितकार दिपक शर्माले संगित दिएका छन् भने, मधुर बस्नेतको छायांकन रहेको छ । बजार व्यवस्थापनका लागि कर्णाली ईन्टरटेन्मेन्टले जिम्मा लिएको छ ।
यसअघि पनि हरेक गीतमा सफलता हात पारेका मोडल सनमद्धारा अभिनित योे गीतले अत्याधिक सफलता हात पार्ने कर्णाली ईन्टरटेन्मेन्टलका प्रवन्ध निर्देशक पदम बुढा विस्वस्त छन् । गीतमा ममताको मायाँमा सनम पागल भएको दृश्यलाई देखाएको छ । यो गीतले अत्याधिक सफलता हात पार्ने र प्रचुर सम्भावना बाकेको सनमले नेपालीमाटोलाई बताए ।





