Published On:Wednesday, February 4, 2015
Posted by Tekman Shakya
एफएम र अदिती
क्रिश शर्मा ,
उसको बोलाई प्रति म निकै परिचीत थिए, बरु उसलाई थाहा थिएन होला उसको डयुटि , मलाई थाहा थियो उसले कतिबेला कार्यक्रम चलाउछ , कति बेला समचार पढछ । कति बजे सम्म अफिस बस्छ ।
आज मंगलबार पाँच बजेपछि उसको फोनिङ कार्यक्रम आउछ म मोबाईल मा एफ एम सुन्न लागें समचार सकियो उसको कार्यक्रम आयो मलाई डर लाग्थ्यो ।
मैले संधै कार्यक्रम सुने पनि कैल्यै फोन गरेकी थिईन ।हामी केटी मान्छेको मन के हुन्छ खै छिनमा नै नानाथरी सपना देख्छ ,छिनमै उसलाई महान ठान्छ र उ संगको मिठो कल्पना बुनेर रमाईरहन्छ । मैले आज उसको कार्यक्रम मा फोन गर्ने निधो गरे डराई डराई फोन गरे । म पहिलो पटक उ संग बोल्दै थिए ,म अदिती, उ धेरै बेर कुरा गयो त्यो दिनको पहिलो श्रोता भएर हुन पनि सक्छ ।
म सुनीरहेकी थिए, उसले कार्यक्रम सधैझै एउटै बाक्यमा बन्द गरयो त्यसको उही बोली बाई मी राहुल, भन्दै गर्दा मेरो मोवाईल मा फोन आयो । कता कता नम्बर चिने चिने ,सुने सुने जस्तै म फोन उठाईन म प्राय पहिलो फोन उठाउन्नथे किनकी म हरेक हप्ता ब्याक टोन राखेकी हुन्थे । सायद उसको कानमा पागल म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न भन्ने गीत बजीरहेको थियो होला ममीले बोलाईसियो म भित्र गए रुममै मोबाईल छोडेर । म तरकाली काटेर रुममा फर्किए , मोबाईलमा २ मिसकल र १ म्यासेज थियो ।
म म्यासेज हेरु कि मिसकल दोधारमा परे ,मिसकल हेरे मिसकल एफ एमकै न्युज बाट आको रैछ अनी म्यासेज लाष्टमा ०३६ नम्बरबाट लेखेको थियो हाई अदिती, मी राहुल, हाउ स्विट भ्वाईस एण्ड ह्वाई नट रिसीभ माई फोन ? पिल्ज मिसकल मी बट माई मोबाईल दिस ईज माई नम्बर किप ईट एन्ड सेभ दिज नम्बर योर आईफोन । यु आर भेरी ईन्टीलीजेन्ट गर्ल आई होप सो बाई मिसीङ यु ।
१२ पास नगरेपनि अंग्रेजी चै फुराँउदो रैछ म उसको म्यासेज पढ्दा पढ्दा एफएमकै अर्काे नम्बर बाट फोन आयो म फोन उठाए । अदिती तिमी कहाँ , के गर्छाै? घर कँहा ? कतिमा पढ्छयौ ? यस्तै यस्तै सोध्दै थियो मैले केही सोध्नै पाईन उसले एकोहोरो सोधिरह्यो । मेरो अन्र्तबार्ता लिएझै ,उसले फेरी आठ बजेतिर अर्काे म्यासेज रोमन मा लेखेर पठायो , खाना खायौ भोली भेटयौ है मलाई त कस्तो भेटन मन लागीसक्यो ।तिम्रो बोली बाटै थाहा हुन्छ तिमी कति राम्री छौ भन्ने ।म भेट्न सक्दीन भनेर म्यासेज गरे ,यसपछि राहुलले मलाई एफएम आयोकी फोन गथ्र्यो ।
बिचरा ! उसको मोबाईलमा पैसा हुन्नरे ,फोन गर्नुपर्योकी एफएम मै दगुरदोरहेछ ।अझ थप्दै थियो ,एफएम मा काम गयो पैसा दिन्नन यहँी फोन त होनी गर्ने ।मैले उसलाई एकपटक क्यापसमा एउटा कार्यक्रममा देखेककी थिए पातलो पातलो अग्लो तर त्यती राम्रो हैन , हरियो सर्ट र कालो पाईन्ट लाको सेतो सेतो थियो जे होस ड्रेसअप चाँही राम्रै लाको थियो । अनी कस्तो केटीहरु जस्तै कम्मर मर्काई मर्काई नाँचेको सम्झिदानी हासोँ लाग्छ ।
मैले उसको कार्यक्रममा फोन गरिरहन्थे ,मलाई एफएम बाट उसको साथी सुबास बिबेक दिपकले फोन गर्न लागे ,मैले राहुललाई भन्दीए यै बिषयमा झगडा भएर बिबेकले त एफएमनै छोडेछ बिचरा ,बाटोमा एकदिन अचानक राहुल संग भेट भो ,मैले नचिनेझै गरेर हिडेकी थिए ,उसले पछिबाटै बोलायो अदिती काँ जान लाकी ? मैले उसको बोली चिनीँहाले पछि नफर्कीकननै मामाघर भने उसले कोको भन्यो ? मैले नढाटीकन बैनि र म भने उसले मामाघर काँ रे भन्यो मैले साल्बोट भनीसक्दा उ मेरो अगी पुगेर पछि फर्कीयो ,फोनमा कुरा भएपनि उसलाई भेट्दा मन झसंग भो एकाक्सी मन फुल्यो अगी बाघ आएर बसेझै म आत्तिए छिटो छिटो हीडें ।
गौडाकोट नपुग्दै एफएम मा पुगेर फोन गयो भोली फर्किदा भेटछु भने ,भोली बिहानै फर्किदा फोन गछुै भनेर फोन राख्यो ।म यतिबेला निर्माणाधिन पुल थिम पुगिसकेकी थिए ,भोली भेट्ने भनेर आजै डर लागेको थियो । कान्छाले दश बजे पहिल्यै मोवाईल बाटै फोन गयो म म्यासेज गरेर ११ बजे किनारा टोल होटेल चाँदनी नेर भेट्छु भने उसले त्यहा उसको गाउको मान्छे बस्छन उपल्लाचौर जाने बाटोको एशियन क्याफे नेर आउन भन्यो । म त्यहा नेर पुग्दा तिनीहरु २ जना थिए , पछि चिनेको उ त्यै एफएमकै राजेश भन्ने केटा होरे ।उसले मलाई बाईक मा बस तल ढिकतिर बसौला भन्यो ।
म भेट्न गएकी हुन्छ भनेर बसें बाटोमा कसैले देख्लानकी भनेर कुत्र्ताको सलले मुख छोपेर बसे उसले मलाई कुडुँले पुयायो म यँहा किन ल्याएको भने सधै तपाई भनेर बोल्ने राहुल उ आफनै हैसियतमा ओर्लीएर तँलाई अझै थाहा भएन भन्यो । एकाएक प्रिय लाग्ने मान्छे मलाई संसारकै ठुलो दुश्मन र कवाडी जस्तै लाग्यो ।उसको बोलीले उसको हैसियत चिनायो । मेरो चित्त दुख्यो म रोए , म रोए उसले फकायो उसले मलाई बिहे गर्ने , म नपाए उत्तीखेरै मर्न वा बाईक एक्सीडेन्टमा पार्ने धम्की देखायो ।म मौन बसीरहे उसले मेरो मौनताको फाईदा उठायो र मेरो अस्मिता लुट्यो ।
म आँखा चिम्लीएर रोए ,उसले मलाई एशियन क्याफेसम्म नै ल्याएर छोड्यो । म भक्कानिएको मन लिएर रातमाटा तिर उक्लिए ,हिजो सम्म एफ एम लाई माया गर्ने मान्छे मैले एफ एम को परिभाषा फेरेर एफएम बाट फालिएका मान्छेको घर भन्ने नँया शब्दको सिर्जना गरे ।म घर नपुग्दै फेरी त्यै राजेश भन्ने केटाले फोन गयो ।उ पनि स्वार्थ लुट्न चाहान्थ्यो होला मैले नमजा संग थर्काए ।त्यसपछि फोन गरेन जसलाई बिश्वास गरेँथे उसले त घात गयो ,राजेश सुबास त मेरो लागी त केही थिएनन्।
आज हाम्रो तेस्रो पिरेड खाली थियो ,मैले अनिताको मोबाईल चलाईरहेकी थिए स्मार्ट एफ एम बाट फोन आयो । मैले अनितालाई ढाँटेर उसको फोन उठाए ,फोन राहुलले गरेको थियो उसको पहिलो शब्द कालि के गर्दै छौ भन्ने शब्दले चिनीहाँले र फोन काटीदिए । मलाई थाहा भयो अचेल राहुले ले अनितालाई फोन गर्दाे रहेछ उ अब अनिता संग राज गर्न चाहान्छ ।आफनो पुरुषार्थ देखाउन चाहान्छ होला । मैले अनितालाई कलेज बंक गर्न लगाए , अनिता र म उसको रुममा गयौ । अनिताले सुरुमा त मलाई ढाँटी राहुल गाँउको दाई हो भनेर । मैले सबैकुरा भने उसलाई त्यो दिन राहुलले राजेशको घर जान्छु भनेर आएको रहेंछ ।
विहे गर्न आश देखाई अनितासँग पनि मस्ती गर्दाे रहेछ । विचरी पढ्न बसेकि केटी , मलाई मेरो भन्दा उसको बढी माया लायो। अनितासँग फोन कन्टाक हुन लागेको त २ बर्ष भैसकेको रहेछ । त्यसपछि अनिताले फोन उठाउन छोडीछ ,डेरा सरिछ तर पनि राहुलले पिछा गर्न पछि परेनछ उसले कार्यक्रममै फोन गरेर नमजासंग थर्काईन्छ ।
पानि परयो म एउटा रेष्टुरेन्ट भित्र पसे ।अंकीताको रेष्टुरेन्ट रैछ, उसले र मैले दश सम्म संगै पढ्थ्यो। नामको पहिलो अक्षर एउटै भएकोले उ र म परिक्षामा संगै परथ्यौ ।त्यसैले पनि आत्मीयता नजिक थियो ।उसले एघार पढ्दा पढ्दै क्लासकै दिप संग बिहे गरी अहिले पसल र एउटा छोरो ठुलै बनाईसकिछ । उसँग आज चार बर्षपछि भेट भो ,दिप सोझो रैछ । केटीले सोझो केटो पड्कईहालीछ मान्छे हयान्डसम नै रहेछ तर अल्ली लुरे टाईपको । ा म उसको पसलमा बस्दा बस्दै टन्नै केटाहरु आए ।
मैले वास्तै गरिन चुरोट अडर गरे क्याबिन तिर गए एउटाले सुस्त भन्यो तर मैले सुने —राहुलकी छम्मा यहीं त होनी ।मैले मुर्दारले चिनेको रैछ भनेर अर्काेतिर फर्किए र अंकीता लाई सोधे त्यो स्मार्ट एफएम कै दिपक भन्ने केटा हैछ ,साले ले पैले पैले खुब फोन गथ्र्यो आफुले पाएन माल भन्दै हिड्दो रैछ अर्कालाई , एक मनले त सालेलाई खुकुरी हाँनु जस्तै लागेको थियो तर कसरी कसरी मनलाई सम्हाँले ।
अनी अंकीताले आफै राहुलको बारेमा कुरा गरी , मलाई किन पसीछु जस्तो लाग्यो । मैले कसरी थाहा पाएकी भने राहुलले तिम्रो बारेमा कुरा गर्छ भनी ।मैले ह्या छोड त्यसको बारेमा कुरा गर्न भने त्यसले खोतली खोतली सोधी मैले सबैकुरा भनीदिए ,उसले आफनो पसलमा दशहजार तिर्न बाँकी रहेको र आफनी अंकलकी छोरी निभीता संग अफयेर रहेको र उ प्रेगनेन्ट रहेको कुरा बताई निभीता अन्डर कास्ट कि भएकोले बिहे गर्नमा ढिलाई गरेको पनि बताई ,मैले मनमनै सरापें र घिन लाग्यो उसको त्यो कुरुप अनुहार सम्झेर बाटोमा भेटाएर मुखभरी थुक्न मन लाग्यो ।
ईज्यत नभएको बेईज्यतीले अन्डर कास्ट भनेर बिहे नगरेको भनी सुन्दा ।मलाई कुनै केटामान्छेको बिश्वास लाग्न छाड्यो राहुलको कुरा सुनेर र उसको इतिहास देँखेर । अैले मेरो घरमा बिहेको कुरा चलिरहेको छ । ६ बर्ष सम्म अष्ट्रेलिया बसेर अब बिहे गर्न नेपाल आउने हो रे केटा ,घरमा पुरै फिक्स भैसक्यो अब केटा आउन मात्र बाँकी छ केटालाई केटी मन परे बिहे हुन्छरे ! मलाई शंका लाग्छ कतै त्यो पनि राहुल जस्तै त छैन ।



