Published On:Thursday, February 5, 2015
Posted by Unknown
आन्दोलन खर्च २९ लाख
२३ माघ, काठमाण्डौ,- एमाओवादीसहित बिपक्षी मोर्चाले फागुन १६ गतेसम्म पहिलो चरणको आन्दोलनमा कम्तिमा २९ लाख खर्च हुने हिसाब निकालेका छन् । बिपक्षीले फागुन १६ गते राजधानीमा केन्द्रीय सभा र त्यस अघि हुने आन्दोलनको लागि यो खर्च निकालेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।
संविधानसभामा बहुमतीय प्रक्रिया रोकेर सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्ने माग गर्दै बिपक्षीहरु पहिलो चरणको आन्दोलन घोषणा गरेका हुन् ।
बिपक्षी ३० दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले आन्दोलनका लागि कम्तिमा २९ लाख रुपैयाँ उठाउने निर्णय गरेको हो । ती दलले यो रकम चन्दा वा पार्टीको आन्तरिक स्रोतबाट जुटाउने बताएका छन् ।
एमाओवादी नेता गिरिराजमणि पोख्रेलले आन्दोलनलाई ब्यवस्थित गर्न बिपक्षी दलले सहयोग जुटाउने निर्णय गरेका जानकारी दिए । 'केन्द्रीय आन्दोलन परिचालन समितिको मातहतमा यो रकम खर्च हुने छ' उनले भने ।
संविधानसभाभित्र रहेका बिपक्षी दलहरुले प्रतिसभासद् २० हजारका दरले सहयोग जुटाउने निर्णय दलले गरेका छन् । आन्दोलनका लागि एमाओवादीले ८४ सभासदले २० हजारका दरले १६ लाख ८० हजार रुपैयाँ जुटाउनु पर्ने छ



