Published On:Thursday, February 5, 2015
Posted by Unknown
प्रेममा धोका दिएको कारण शिशु अपरहण
२३ माघ, काठमाण्डौ,- प्रेममा धोका पाएको कारण आफ्नै पूर्वप्रेमीले रिस फेर्नको लागि उनको नाबालक छोरोको अपरहण गराएको खुलेको छ।
सुत्केरी खान माइती आएको मौका छोपेर पूर्वप्रेमी सुरेन लिम्बूले योजना बनाउँदै मनिका तामाङ (कन्दग्वा) को १ महिना २६ दिनको छोरो हेमराजलाई अपरहण गराएको खुलेको अनुसन्धानमा खटिएका प्रहरीले बताएको छ।
तेपेश्वरी १ उदयपुरमा बसाई सरेका सुरेनले दाजू शेरबहादुर र सरु तामाग मिलेर अपरहण गराएका हुन्। एकसाता अघि शिवसताक्षी नगरपालिका–५ मा रहेको माइतिमा आएकी मनिकाको छोरो अपहरण गर्न सुरेन र शेरबहादुर पनि ५ दिन अघि झापा आएका थिए।
दुईवर्ष अघि सुरेन र मनिकाबीच प्रेम रहेको इलाका प्रहरी कार्यालय झिलझिले झापाका प्रहरी निरीक्षक विनोद निरौलाले बताए। तर, बिहे गरी झापाकै हल्दिबारी ७ मा गएकी थिइन्। अपरहरणको रात पनि मनिकाको माइतिघरमै बसेर मादकपदार्थ सेवनसमेत गरेका थिए। सुरेन र शेरबहादुर केही दिन अघिदेखि उन्को माइतिमा आउँजाउ गर्नेसमेत गरेका थिए।
यता रानीटार ५, पाँचथरीकी सरु तामाग पनि केही दिन अघि ठूलीआमा घरमा आएकी थिइन्। उन्को ८ महिनाको गर्भवति थिइन्। तर, गर्भ खेर गएपछि कसरी घरजाने भन्ने लोकलाजले बाध्य भएर अपरहणमा सलग्न भएको देखिएको प्रनी निरौलाले बताए।
ती महिलाले धरमपुर–५ मा लगेर राखिरहेको अवस्थामा प्रनी निरौलाको कमाण्डमा खटिएको टोलीले ३ घण्टापछि नै सकुसल उद्दार गरेको हो। प्रहरीले सुरेन र शेरबहादुरलाई भने शिवसताक्षी ५ बाटै नियन्त्रणमा लिन सफल भएको हो।
प्रेमिकाले धोका दिएको आक्रोसमा पनि अपरहण गराएको हुन सक्ने अड्कल प्रहरीको छ। 'अहिले अनुसन्धान गर्ने क्रममा छौं। यसै भन्न सक्ने अवस्था छैन्।' इनिस्पेक्टर निरौलाले भने 'तर, मनिका र सुरेनबीच दुईवर्ष अघि प्रेम थिएछ भन्ने खुल्न आएको छ।'
अपरहणमा संलग्न ती महिलाले बच्चालाई पाँचथर लाने प्रयत्नसमेत गरेको प्रारम्भिक बयानबाट खुल्न आएको छ। तर, लान सक्ने अवस्था नदेखेपछि धरमपुर ५ मा लगेको बुझ्न आएको छ। पक्राउ परेका सबैलाई मानव अपरहण मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ। थप अनुसन्धानको लागि म्याद थप गरी इप्रका झिलझिलेमा राखिएको छ।@setopati



