Published On:Friday, February 6, 2015
Posted by Tekman Shakya

चालक र यात्रु सहित २ सय ६७ जनालाई कारबाही

२३ माघ, ललितपुर । ललितपुर ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र यात्रुसहित २ सय ६७ जनालाई कारबाही गरेको छ । 

पुस २८ गते लगनखेलबाट कुपण्डोलसम्म चल्ने सार्वजनिक यातायातका साधनका लागि १० स्थान निर्धारण गरिएको भए पनि चालकले जथाभावी गाडी रोक्ने, यात्रु चढाउने र ओराल्ने गरेकाले चालक २०३ जना तथा जथाभावी गाडी रोक्ने यात्रु ६४ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखा जावलाखेलका प्रमुख सीताराम हाछेँथुले बताए ।

तोकिएको स्थानबाहेक अन्त्य गाडी रोकेकाले चालक र जथाभावी गाडी रोक्ने प्रयास गरेकाले यात्रु कारबाहीमा परेका हुन् ।  कारबाहीस्वरूप चालकलाई जनही रु २०० जरिवाना र प्रशिक्षण कक्षा तथा यात्रुलाई प्रशिक्षण कक्षा दिइएको थियो । 

यात्रु चढाउन ओराल्न र यात्रुले गाडी रोक्नका लागि लगनखेल, पाटन अस्पताल, कुमारीपाटी, मानभवन, जावलाखेल, दमकल मोड, पुल्चोक, हरिहरभवन, इनारमोड र कुपण्डोलसहितका स्थान निर्धारण गरिएको छ । ट्राफिक प्रहरीले चालकलाई सहज होस् भन्दै निर्धारण गरिएको १० स्थानसहितको कार्ड पनि वितरण गरेको छ । रासस 

0 comments for "चालक र यात्रु सहित २ सय ६७ जनालाई कारबाही"

Leave a reply

    Popular Posts

    Blog Archive