Published On:Friday, February 6, 2015
Posted by Unknown

बिहेको भोलिपल्टै पति गायब

                                                                                    २४ माघ, नेपालगंज,-

नेपालगञ्जको बागेश्वरी मन्दिरमा परम्पराअनुसार नै विवाह भएको थियो।बिहेमा केटी पक्षका सबै उपस्थित थिए।केटा पक्षका थिएनन्।

मन्दिर ब्यवस्थापनको नियमअनुसार नै ५ सय १ रूपैयाँ रसिद काटेर माघ १५ गते विवाह भएको थियो।बिहेमा दुलाहा-दुलही धेरै खुसी देखिन्थे।
काठमाडौं बस्दा प्रेम कस्सिएपछि बिवाह गरेका श्याम र सीता(नाम परिवर्तन)को अनुहारमा मुस्कान नहुने कुरै भएन। तर सीताको चन्द्रमा जस्तो मुहारमा २४ घन्टा नबित्तै ग्रहण लागेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।
पति श्यामलाई घर परिवारले बेपत्ता बनाएपछि सीता आँशुको भेल बगाउँदै उनको खोजिमा छन्। श्यामलाई कोहलपुरबाट घर परिवारले लगेर सम्पर्कविहिन बनाएको छ। २२ वर्षीया श्यामको ६ महिनाअघि नै बर्दियाबाट बिबाह भइसकेको घरपरिवारको भनाइ छ। घर परिवारको यो भनाइलाई सीता मान्न तयार छैनन्।

0 comments for "बिहेको भोलिपल्टै पति गायब"

Leave a reply

    Popular Posts

    Blog Archive