Published On:Friday, February 6, 2015
Posted by Tekman Shakya

सातामा परिसुचक ७ दशमलव २२ अंकले गिरावट

२४ माघ, काठमाडौं । यो हप्ता पुँजी बजारमा नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ७ दशमलव २२ अंकले गिरावट आएको छ ।
एक हप्तामा स्टक एक्सचेन्जमा कारोबार भएका १ सय ६९ कम्पनीबाट एक अर्ब ७४ करोड ८९ लाख पाँच हजार रुपैयाँ बराबरका ४५ लाख ३४ हजार ९ सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गएको हप्ताको तmुनामा ५१ दशमलव ५० प्रतिशत कम हो ।

गएको हप्ता १ सय ७५ कम्पनीहरुको कारोबारबाट तीन अर्ब ५८ करोड ९० लाख ६१ हजार रुपैयाँ बराबरका एक करोड ११ लाख ७८ हजार तिन सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि पहिलो दिनको तुलनामा २ दशमलव ०१ अंकले घटेर २ सय १० दशमलव २३ अंकमा आईपुगेको छ ।

यो हप्ता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक र कारोबार संख्याको आधारमा सेञ्चुरी कमर्सियल बैंक अगाडी देखिएको छ ।
यो हप्ता उत्कृष्ठ ५ कम्पनीहरुमा नेपाल ईन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, सेन्चुरी कमर्सियल बैंक, एभरेष्ट बैंका र सानिमा माई हाईड्रोपावर परेका छन् ।
५ दिन खुल्ला रहेको कारोबार कक्षमा यो हप्ता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

0 comments for "सातामा परिसुचक ७ दशमलव २२ अंकले गिरावट"

Leave a reply

    Popular Posts

    Blog Archive