Published On:Friday, February 6, 2015
Posted by Unknown

मेरो हनिमुनः अझ रोमान्टिक बनाउने मन छ : नायिका थापा

१७ वर्षअघि अनिल थापासँग मैले प्रेम विवाह गरेँ । विवाह हुँदा म भर्खर १६ वर्षकी थिएँ । उहाँ २० वर्षको । एकअर्कामा जिस्कँदाजिस्किँदै विवाहबन्धनमा गासिन पुग्यौं ।घरमा कसैलाई थाहा नदिई भद्रकाली मन्दिरमा विवाह गरेका थियौं । मैले दुलहीको पहिरन पनि लगाइनँ । कुर्तासरुवालमै विवाह भयो । विवाह गरेर दिदीको घरमागयौं । दिीले एकछिन गाली गर्नु भयो । त्यस दिन दिदीको घरमै बस्यौं । पछि दिदीकै घर नजिक कोठा लिएर बस्न थाल्यौं । ‘सानै उमेरमा कलाकारितामा लागेकी थिएँ । धेरै केटाहरु पछि लाग्थे । तर, म उहाँसँग सुरक्षित महसुस गर्थें । सानो उमेर भएकाले प्रेमको गहिराइ, जीवनका उतारचढावका विषयमा केही थाहा थिएन । तर, त्यसबेलाको आकर्षण, रमाइलो, नजानिँदो मिठोपन, नबुझिँदो अनुभव साँच्चिकै सुन्दर थियो । विवाह हुँदा हामी दुवैजना परिपक्व थिएनौं । तापनि हामीमा निस्वार्थ प्रेम थियो । अहिलेपनि हामीलाई त्यो कुराले नजिक बनाईदिन्छ । एकअर्काको अंगालोमा बस्दा संसार जितेजस्तो महशुस हुन्थ्यो । तर दुवैजना अपरपक्व भएकाले विवाह भएको केही समय सम्म डरले शारीरिक सम्बन्ध भएन । जब हामीले शारीरिक सम्बन्ध कामय गर्न थाल्यौं त्यसले आत्मीयता यति बढाईदियो कि एकअर्काका लागि जे गर्न पनि तयार हुन्थ्यौं । मैले उहाँको हातको सिन्दुर लगाएपछि उहाँप्रति पूर्णरुपमा समर्पित र सुरक्षित महशुस गरेँ । सुरुसुरुमा हामी दुईजनामात्र बस्ने भएकाले हनीमुनको आवश्यकता पनि भएन । अब त विवाह भएको पनि धेरै समय बितिसक्यो । छोरी ठूली भइसकिन् । सधैं कामले व्यस्त नै भइन्छ । तापनि कहिलेकाहीं श्रीमानलाई कतै घुम्न जाऔं भन्छु । जान्छौं पनि । वास्तवमा दुई व्यक्तिलाई नजिक ल्याउन र एकअर्काका बारेमा बुझ्न हनिमुन असाध्यै राम्रो समय हो । पहिले हनिमुन जाने मौका नमिले पनि अझै रोमान्टिक समय विताउने मेरो चाहना छ । समय मिलाएर श्रीमानसँग पोखरा, जोमसोम पुग्ने रहर छ । श्रीमान श्रीमतीमात्र कतै टाढा गएर समय विताउनुको मजा नै बेग्लै हुन्छ । साभार : शैलीबाट -

0 comments for "मेरो हनिमुनः अझ रोमान्टिक बनाउने मन छ : नायिका थापा "

Leave a reply

    Popular Posts

    Blog Archive