Published On:Friday, February 6, 2015
Posted by Unknown
खसीको चिकेन चिल्ली खुवाउँदै धुर्मुस
हास्य टेलिशृंखलामा मैले निर्वाह गरेको विभिन्न भूमिका दर्शको प्रशंसाले भरिपूर्ण छ । धुर्मुसबाट सुरु भएको यो यात्रा बैतडी ज्वाईसम्म आइपुगेको छ । मेरी बासैको चार सय ४० भागदेखि दर्शकले नयाँ पात्र पाएका छन्, बैतडी ज्वाईं । हुन त यो पात्र पहिला जस्तो डिजाइन गरेर तयार पारिएको होइन । सुदुरपश्चिमका कलाकार भाइ राजेशनाथलाई बैतडी बाका रुपमा सिरियलमा भित्राएँ । त्यो पात्रलाई सहयोग होस् भनेर सुदुरपश्चिमकै लवज र शैलीमा बैतडी ज्वाईं भएर म देखिएको हुँ । त्यो भाग प्रसारण भएपछि सबैतिरबाट प्रशंसा आएपछि अन्य भागमा पनि निरन्तरता दिइएको हो । सिरियलमा एउटा पात्र लोकप्रिय भएका बेला अर्को पात्र ल्याउनु जोखिम नै हुनछ । मेरी बास्सैमा धुर्मुसको जस्तो विशेषता र शैली छ खड्काजी, मुस्कान पासादेखि कमरेड केपी ओलीको कयारिकेचरले आफ्नै पहिचान बनाएको छ । यी पात्रले धुर्मुसलाई बिर्साए जस्तो लाग्छ । मेरो अनुभवमा सिरियलमा ताते, पीरो, अलि बाटो र गाउँतिरको भाषा प्रयोग गरिएमा पात्र बढी रुचाइन्छ । बैतडी ज्वाईं धुर्मुसकै प्याट्रनको पात्र हो । सुदूरपश्चिमकै मान्छे । तर गोरखपुर बसेको । गोरखपुरमा लगेर रेलको चक्कामा हावा हाल्ने, घोडाको अण्डा टिप्नेजस्ता काम लगाइदिने आश्वासन दिँदै गाउँलेलाई ठग्न खोज्छ । अबको भागमा खसीको चिकेन चिल्ली खुवाउने, स्टेसनरीमा जुत्ता बेच्ने काम गराउँदै छ । उसले बोल्ने थेगो ‘हाँ बडडा हाँ’ अहिले भाईरल बनेको छ ।



