Published On:Tuesday, February 10, 2015
Posted by dadad
म मात्रैले भ्रष्टाचार रोक्न सक्दिनँः प्रधानमन्त्री
२८ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो एक्लो प्रयासले मात्र केही नहुने बताएका छन् ।
भ्रष्टाचारकै कारण दिल्लीमा सत्तारुढ भारतीय जनता पार्टीले हार व्यहोरेको भन्दै उनले मुलुकमा गाउँ तहदेखि भ्रष्टाचार बढेको र त्यसको न्युनिकरणका लागि सबै जुट्नुपर्ने बताए ।
भारतमा भाजपाले सबैतिर जितेको अवस्थामा भ्रष्टाचारकै दिल्ली जस्तो शसहरमा आम आदमी त्यति ठूलो भयो’ २४ औं अख्तियार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने,–हाम्रो देशमा पनि शान्ति लोकतन्त्र गुड गभर्नेन्स छैन, भ्रष्टाचार भइरहेको छ ।
विकासलाई अबौं पैसा आउँछ, त्यसको सदुपयोग हुन सकेको छैन । गाउँ सबैतिर भ्रष्टाचार बढेको छ ।’ आफूले भ्रष्टाचार नियन्त्रणको कुरा गरेको तर, केही नभएको टिप्पणीहरु आएको भन्दै उनले एक्लो प्रयासमा मात्र केही नहुने बताए ।
प्रधानमन्त्री कोइरालाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीतर्फ संकेत गर्दै तहकिकात गरिसकेपछि कारवाही गर्न र निर्दोष मानिसलाई कारवाही नगर्न आग्रह गरे ।
अख्तियारले ठूलालाई छाडेको र सानालाई मात्र पक्राउ गर्ने गरेका गुनासोहरु आएको भन्दै उनले अख्तियारको ध्यानाकर्षण गराएका छन् ।



