Published On:Tuesday, February 10, 2015
Posted by dadad
काँग्रेस एमाले सहमतीको बाधकः भट्टराई
२८ माघ, महेन्द्रनगर । एकीकृत नेकपा माओवादी बरीष्ठ नेता बाबुराम भट्टराईले काँग्रेस र एमालेको नेतृत्वले परिवर्तन संस्थागत गर्न नचाहेकै कारण सहमति हुन नसकिरहेको आरोप लगाएका छन् ।
भट्टराईले सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा (एमाले) तथा विपक्षी एकीकृत नेकपा माओवादी र मधेस केन्द्रीत दलबीचको सहमतिले मात्रै संविधान जारी हुन सक्ने बताए ।
क्रान्तिकारी पत्रकार सङ्घले बुधबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले काँग्रेस र एमालेको नेतृत्वले परिवर्तन संस्थागत गर्न नचाहेकै कारण सहमति हुन नसकिरहेको बताए ।
प्रश्नावली समिति भङ्ग गर्न नसकिए स्थगन गरेर भए पनि प्रक्रिया रोक्न आग्रह गर्दै उनले एमाले, काँग्रेस वा प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक वक्तव्य जारी गरे आफूहरु वार्ता तथा संवादमा बस्न तयार रहेको बताए ।
भट्टराईले सबै राजनीतिक दलहरुले आ–आफ्नै अडानमा बसे पनि आधारभूत विषयमा सहमति गर्नुपर्नेमा जोड दिए ।



