Published On:Sunday, February 8, 2015
Posted by dadad
प्रश्नावली फिर्ता लिएमात्र वार्ताः ठाकुर
२५ माघ, जनकपुर । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले सत्तापक्षले प्रश्नावली फिर्ता लिएमात्र वार्ता सम्भव हुने बताका छन् ।
सञ्चारकर्मीसँग जनकपुरमा आईतबार सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले सहमतीय आधारमा संविधान बनाएमात्र वार्ता हुन सक्ने उल्लेख गरे ।
आन्दोलन आफ्नो ठाउँमा जारी नै रहने जिकिर गर्दै उनले आफ्नो बटमलाइन भनेको लोकतान्त्रिक समावेशी र पहिचानसहितको संविधान भएकाले विवादित विषयमा सहमतीय आधारमा समाधान खोज्नु रहेको बताए ।


