ब्युतियो बुटवलबाट ३५ बर्ष पुरानौ साहित्यीक पत्रिका

संगम महत बुटवल,
३५ बर्ष पुरानौ साहित्यीक पत्रिकाले नयां जीवन पाएको छ ।
पत्रकारिता मार्फत भाषा, साहित्य र सस्कृतिको संरक्षण गर्न भन्दै बुटवलबाट विशेष साहित्यीक मासिक पत्रिका पुनः प्रकाशन हुन थालेको हौ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठानले लालीगुरांस नामक साहित्यीक मासिक पत्रिकालाई व्यवसायीक रुपमा निकाल्न सुरु गरेको हो ।
१ सय १३ औं बालकृष्ण सम स्मृति दिवसको अवसर पारेर पत्रिकाको एक कार्यक्रमका बीच शनिबार बिशैष अंक सार्बजनिक भयो ।
मोफसलमा संचारको राजधानी मानिने बुटवलबाट व्यवसायीक रुपमा निकालीएको साहित्यीक पत्रिकामा यो पहिलो हो ।समारोहमा बोल्दै सम्पादक दीपक ज्ञवालीले ३५ वर्षअघिदेखि निस्कीएको साहित्यीक पत्रिकालाई साहित्यका विभिन्न विषयगत विधामा विभाजन गरेर र मुलुकमै कयौं नया तरिका र अभ्यासहरु गरेर नयां रुपमा निकाल्न थालेको बताउनुभयो ।
साहित्य र पत्रकारीतामा अगाडि रहेको बुटवलमा साहित्यीक पत्रकारिताको अभाव पुर्ति गर्न पत्रिका सहयोगी हुने उहाले बताउनुभयो । पहिलो अंक शिक्षा साहित्यमा रहेर निकालीएको यो पत्रिकाको अर्को अंक पर्यटनमा आधारित रहने छ ।
पत्रिका सामुहिकरुपमा सार्वननिक गरिएकौ थियो ।
समारोहमा बोल्दै साहित्यकार देवेन्द्र घिमिरले कला, साहित्य र सस्कृतिको संरक्षणका लागि पत्रिकाले पुलको काम गर्ने बताउनुभयो ।
पत्रिकाका सस्थापक प्रकाशक कला र साहित्य राष्ट्रको सम्पत्ति भएकाले पत्रिकामार्फत साहित्यको संरक्षण गर्न अभियान थालेको बताउनुभयो ।
विमोचन समारोहमा साहित्यकार अजम्बरध्वज खाती, मोदनाथ शास्त्री, विजय सागर राजेन्द्र आचार्य, हिमलाल ज्ञवाली, ऋषि आजाद, रुद्र ज्ञवाली, लगायतले बोल्नुभएको थियो ।
गंगा अविलासीको अध्यक्षता रहेकोृ कार्यक्रम छवी ज्ञवालीले संचालन गर्नुभएको थियो ।


