Published On:Sunday, February 8, 2015
Posted by dadad
मनमै बसी जान्छौ भने त...
सनम कठायत, ममता धामी राजेन्द्र भट्ट र प्रविनको अभिनय रहेको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।
ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा भक्तपुरका रमाइला दृश्य कैद गरिएको छ । भिडियो आगामी साता सार्बजनिक गरिनेछ । भिडियोलाई निशान घिमिरेले सम्पादन गरिरहेका छन् ।
गीतका गायक बदल थापा रहेका छन् । नेपाली साँगितिक क्षेत्रमा थुप्रै सर्जकहरुको आगमन भैरहँदा थापा पनि अनेकन सम्भावना बोकेर यो क्षेत्रमा प्रवेश गरेका छन् ।




