Published On:Sunday, February 8, 2015
Posted by dadad
लागुऔषधसहित आठजना पक्राउ
२५ माघ, इटहरी । ठूलो परिमाणमा लागुऔषधसहित इटहरी र तरहरा क्षेत्रबाट आठजना युवा पक्राउ परेका छन् ।
भारतको जोगबनी नाकाबाट आगुऔषध ल्याएर सुनसरी जिल्लाको विभिन्न स्थानमा बिक्री वितरण गर्ने क्रममा ती युवा पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
इटहरी उपमहानगरपालिकाको टान्सपोर्ट लाइन र पचरुखी क्षेत्रबाट पक्राउ परेका छजना युवाबाट डाइजेपाम नरजेसिक र एभिल ४८ एम्पुल, स्पास्मो प्रोक्सिभन १४४ ट्यावलेट को ५प८३६ नम्बरको मोटरसाकइल र पाँच थान मोबाइल सेट बरामद भएको प्रहरी निरीक्षक कुन्दन देवले बताए ।
यसैगरी केही दिनअघि तरहरा क्षेत्रबाट पक्राउ परेका विराटनगर उपमहानगरपालिका–१६ का २८ वर्षीय रामचन्द्र यादव र ३३ वर्षीय कुशेश्वर महतोबाट स्पास्मो प्रोक्सिभनलगायतका लागुऔषध ठूलो परिमाणमा फेला परेको र उनीहरुलाई कारबाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरिसकिएको पनि प्रहरी निरीक्षक देवले बताए ।



