Published On:Sunday, February 8, 2015
Posted by dadad

सहमतिका लागि दलहरुलाई सात दिनको समय

२५ माघ, ईलाम । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाले प्रस्ताव समितिलाई थप गरेको सात दिनको समय दलहरूलाई सहमति गर्नका लागि रहेको बताएका छन् ।

इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले माघ ८ मा जनतालाई संविधान दिन नसकेको प्रति दुःख व्यक्त गर्दै अब मिति नतोकिकन केही महिनाभित्रमा संविधान बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।

दलहरू लगभग सहमतिको अन्तिम विन्दुमा पुगिसकेको बताउदै उनले दलहरूले सहमति गरिसक्दा सहमतिबाटै संविधान निर्माण हुने बताए ।

न्याय प्रणालीको समस्या टुङ्गिएको छ, निर्वाचन प्रणाली मिश्रितमा जाने भइसकेको छ तर कति प्रतिशतमा जाने भन्ने विषयमा विवाद छ, तर त्यो विवाद पनि टुङ्गिहाल्ने उनकोविश्वास छ ।

0 comments for "सहमतिका लागि दलहरुलाई सात दिनको समय"

Leave a reply

    Popular Posts

    Blog Archive