Published On:Sunday, February 8, 2015
Posted by Tekman Shakya
माओवादी मोर्चा वार्तामा हाईन आन्दोलनमै होमिने
२६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी र उसको नेतृत्वमा रहेको ३० दलीय मोर्चा तत्काल वार्ताम नबस्ने भएको छ ।
प्रधानमन्त्री शुशिल कोईरालाले वार्तामा आउन आग्रह गरेपछि के गर्ने भन्ने विषयमा सोमबार माओवादी संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले तत्काल वार्तामा नजाने निर्णय गरेको हो ।
प्रधानमन्त्री कोईरालाको आह्वान सहमतिका लागि नभई आन्दोलन रोक्न मात्रै रहेको भन्दै मोर्चाले यथास्थितिमा वार्तामा बस्नुको कुनै औचित्य नभएको बताएको छ । बैठकले पूर्वघोषित आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय पनि गरेको छ ।
मोर्चाले माघ ५ गते अघि बढाइएको संविधानसभाको प्रक्रिया सच्याउन माग गर्दै विगतका सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाउनुपर्ने बताएको छ ।
यस्तै प्रधानमन्त्रीले भनेजस्तै माघ ५ गते दलहरुबीच कुनै पनि सहमति नभएको मोर्चाका एक घटक संघीय समाजबादीका महासचिब राजेन्द्र श्रेष्ठले दाबी गरेका छन् ।


