Published On:Monday, February 9, 2015
Posted by Unknown

स्वीस बैंकमा नेपालीको ५ अर्ब ४० करोड रुपैयाँ

आठमध्ये एक जना नेपालीको नाममा मात्रै ४ अर्ब ५० करोड रुपैयाँ

२६ माघ, काठमाण्डौ- स्वीस बैंकमा नेपालीले ५ अर्ब ४० करोड रुपैयाँ कालो धन राखेको तथ्य सार्वजनिक भएको छ। ८ जना नेपाली ग्राहकले ३६ ओटा खातामा जम्मा गरेको यो रकम कसको नाममा छ भन्ने खुलाइएको छैन्। खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले सार्वजनिक गरेको विवरण अनुसार आठमध्ये एक जना नेपालीको नाममा मात्रै ४ अर्ब ५० करोड रुपैयाँ स्वीस बैंकमा जम्मा छ।
विश्वभरका २ सय ३ देशका मानिसले स्वीस बैंकमा कालो धन राख्नेमा नेपाल १ सय १६ स्थानमा रहेको छ। दक्षिण एसियामा सबैभन्दा बढी भारतबाट ४.१ अर्ब अमेरिकी डलर स्वीस बैंकमा जम्मा छ  भने अफगानिस्तानबाट ३० लाख डलर कालो धन स्वीस बैंकमा छ। 
बेलायतमा प्रधान कार्यालय भएको एचएसबिसी बैंकले आफू मातहतमा रहेको स्वीस बैंकमा कालो धन राख्न सहयोग गरेको आइसिआइजेले जनाएको छ।
स्वीस बैंक गोप्यताका हिसावले संसारकै सुरक्षित बैंक भएकाले विश्वका धेरै मानिसले कालो धन राख्न स्वीस बैंक रोज्ने गरेका छन्। तर, बैंकका कम्प्युटर एक्पर्ट हर्भे फान्सियानिलाले बैंकका गोप्य कागजात सार्वजनिक गरेकाले पछिल्ला विवरणहरु बाहिर आउन सम्भव भएको हो। फान्सियानिला अहिले फ्रान्समा बस्दै आएका छन्। 
एचएसबिसी बैंकले आफ्ना ग्राहकको खाताको गोपनियता कायम गर्न नसक्नु गल्ती भएको स्वीकार गरेको छ।@setopati

0 comments for "स्वीस बैंकमा नेपालीको ५ अर्ब ४० करोड रुपैयाँ"

Leave a reply

    Popular Posts

    Blog Archive