Published On:Sunday, February 8, 2015
Posted by Tekman Shakya

तीन करोड खर्च गरेर कसले गरायो सय जोडीको विवाह ?

माघ २६, काठमाडौं – पशुपतिको वनकाली चौरमा सयजना पण्डितले सयवटा मण्डपबाट सय जोडीको सामूहिक विवाह गराएका छन् । विवाह गराउने संस्था भने शिवशक्ति राहुलेश्वर फाउन्डेसन हो । 

प्रत्येक जोडीको हिन्दू संस्कारअनुसार विवाह गराइएको हो । बिहेदेखि दाइजो खर्चसम्म फाउन्डेसनले व्यहोरेको छ । 

यसमा तीन करोड रुपैयाँ खर्च भएको छ । प्रत्येक जोडीमा डेढ लाखका दरले खर्च भएको फाउन्डेसनले जनाएको छ । प्रत्येक जोडीलाई एक महिना पुग्ने रासनपानी र आवश्यक सामग्री दिइएको छ । नवविवाहित जोडीलाई नुनदेखि सुनसम्मको व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments for "तीन करोड खर्च गरेर कसले गरायो सय जोडीको विवाह ?"

Leave a reply

    Popular Posts

    Blog Archive