Published On:Sunday, February 8, 2015
Posted by Tekman Shakya

विवादस्पद ल्यारक्याललाई एकीकृत माओवादीले बनायो सभासद

२५ माघ, काठमाडौं । सर्वोच्च अदालतले शम्भु पासवान हजरीको संविधानसभा सदस्य खारेज गरेपछि एकीकृत नेकपा माओवादीले रिक्त स्थानमा ल्यारक्याल लामालाई सभासद बनाएको छ ।

विवादास्पद छविका लामालाई एकीकृत माओवादीले सिफारिस गरेपछि सभासद मनोनित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

दलित आयोगको सदस्य कायमै राखेर समानुपातिक सूचीमा उनको नाम राखिएको थियो । त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्चले दुसादको सभासद खारेज गरेको छ ।

लामा निर्वाचनको केही दिनअघि मात्र प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गरेका थिए ।

शुरुमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालासँग निकट रहेर गुम्बा व्यवस्था बिभागको सदस्य सचिव बनेका लामा कांग्रेसमा हुँदा खुमवहादुर खड्काका सहयोगी थिए ।

पहिलो संविधानसभा निर्वाचन अघि एमालेलाई आर्थिक सहयोग गरेर समानुपातिक सभासद बनेका लामालाई झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला अर्थ राज्यमन्त्री बनाइएको थियो ।

0 comments for "विवादस्पद ल्यारक्याललाई एकीकृत माओवादीले बनायो सभासद"

Leave a reply

    Popular Posts

    Blog Archive