Published On:Sunday, February 8, 2015
Posted by dadad
बजारमा आयो ‘प्रतिविम्ब’
साहित्यकार हेमन्त ढुंगेलको शब्द रचनामा तयार भएको एकल एल्बम ‘प्रतिविम्ब’ बजारमा आएको छ ।
शनिबार एक भव्य कार्यक्रमका बीच राजधानीको बागबजारमा रहेको होटेल हार्दिकमा गीतको बिमोचन गरिएको हो ।
मातृभूमि साहित्य समाजको प्रस्तुति ‘प्रतिविम्ब’ भित्र अशोक थापा र महाराज थापाको संगीत रहेको छ । शिशिर योगी, स्वरुप राज आचार्य, सत्यराज आचार्य, माण्डवी त्रिपाठी, देवेन कार्की, अन्जु पन्त आशिष श्रेष्ठ, मनोज राज आदीको श्वर रहेको छ ।

बिमोचन कार्यक्रममा शिशिर योगीको ‘टुटेको तार सारंगी’ र अन्जु पन्तको ‘छोडी गयौ बासनाले’ बोलको गीतको भीडियो समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताले एल्बमको तारिफ गरेका थिए । यो गीत सार्वजनिक भएसँगै साहित्यकर हेमन्त ढुंगेलको सांगीतिक यात्रा सुखमय हुने तय भएको छ । मोफसलमा बसेर पनि हेमन्तले एउटा नया अध्यायको सुरुवात गरेका छन् ।