Published On:Sunday, February 8, 2015
Posted by dadad
प्रेम दिवसमा क्षेत्रीको ‘आई लव यू आई मिस यू‘ (भिडयो सहित)
प्रेमको मौसममा अघि बढिरहेको नेपाली सांगीतिक बजारमा गायक मेक्सम खाती क्षेत्रीको स्वर रहेको ‘आई लव यू आई मिस यू‘ बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।
नरेश खातिको सुमधुर संगीत रहेको गीतमा कमलेश पिरो पौडेलको सब्द रचना रहेको छ । माया प्रेमको भरपूर समीकरण रहेको भिडियोमा बिनिशा हमाल र बिक्रम बुढाथोकीको अभिनय रहेको छ ।
कामना डिजिटलले बजारमा ल्याएको यो गीत यती बेल सीआरबीटी र पि आरबिटीमा अग्र स्थानमा छ । प्रेम दिवस नजिकिदै गर्दा रिलीज़ भएको यो भिडियोले युवा दर्शकलाई अत्याधिक आकर्षित गराउने देखिएको छ ।
भिडियोलाई पछिलो समयका कुशल निर्देसक विधान कार्कीले गरेका छन । गीतमा ज्ञानेन्द्र शर्माले दृश्य कैद गरेका छन ।



