Published On:Thursday, December 4, 2014
Posted by dadad
जल र जमिनमा राज्यको नियन्त्रण हुनुपर्छः गभर्नर खतिवडा
गंगालाल गुरुङ,
१८ मंसिर, लेखनाथ । नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले जल र जमिनमा राज्यको नियन्त्रण हुनु पर्नेमा जोड दिएका छन् ।
१८ मंसिर, लेखनाथ । नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले जल र जमिनमा राज्यको नियन्त्रण हुनु पर्नेमा जोड दिएका छन् ।
एघारौं लेखनाथ महोत्सवको विहिबार उद्घाटन गर्दै, खतिवडाले प्रकृतिद्धारा श्रृजित श्रोत र साधनमा राज्यको नियन्त्रण हुनु पर्ने बताएका हुन ।
उनले कृषि र उर्वरशिल जग्गा खण्डिकरणको क्रम तिव्र रहेको उल्लेख गर्दै, अवको संविधानमा मानव निर्मित बाहेक अन्य श्रोत र साधन राज्यको नियन्त्रणमा हुने व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
मुलुकमा संविधानको रिक्तताका कारण पनि आर्थिक क्षेत्र प्रभावित भएको उल्लेख गर्दै, खतिवडाले कृषिजन्य उत्पादनको आयातका लागि मुलुकको ठुलो आर्थिक हिस्सा खर्च भैरहेको प्रसंग उल्लेख गर्दै, खतिवडाले परम्परागत कृषि प्रणालीमा सुधार गर्नु पर्नेमा जोड दिए ।
उनले भने—“हलो बोकेर आर्थिक क्रान्ति हुँदैन, अव कृृषिमा आधुनिकीकरण गर्नै पर्छ ।” खतिवडाले स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवले कृषिको उत्पादन र प्रवद्र्धनमा जोड दिनु पर्ने आवश्यकता रहेको बताए ।
संसदको विकास समितिका सभापति एवं सभासद् रविन्द्र अधिकारीले, लेखनाथ र पोखराको एकिकृत विकास गुरुयोजना बनाउनु पर्नेमा जोड दिए ।
उनले पोखरा र लेखनाथलाई विकासका दृष्टिले भिन्न राख्न नहुने उल्लेख गर्दै, पोखरा उपत्यका र छिमेकी गाविसलाई समेत समेट्नु पर्नेमा जोड दिए ।
सभासद् यज्ञवहादुर थापाले बेगनास र रुपा सहितका सात तालको संरक्षणमा नीजि क्षेत्र र सरकारले विस्तृत परियोजना बनाएर अघि वढ्नु पर्नेमा जोड दिए । उनले माघ ८ मा संविधान बन्नुको विकल्प नभएको दोहोर्याए ।
सभासद् सिता गिरीले मुलुकका लागि संविधानसँगै विकासको आवश्यकता रहेको उल्लेख गरिन । उनले सहमति नभए पनि माघ ८ मा संविधान जारी गर्नेक्रम रोक्न नहुनेमा जोड दिदै, सवैको अपनत्व महसुस हुने गरी संविधान आउने बताईन ।
सभासद् जिवन परियारले अन्तराष्ट्रिय विमानस्थलको निर्माण पछि अवसरका थु्रपै संभावनाहरु खुल्ने उल्लेख गर्दै, पोखरा र लेखनाथसँग लम्जुङ्गलाई जोड्ने भोर्लेटार—बेगनास तथा थुम्की सडकको स्तरोन्नती गर्नु पर्नेमा जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले शान्ति र विकासका लागि संविधान आवश्यक रहेको उल्लेख गर्दै, निर्धारित समयमा संविधान दिन सभासद्हरुलाई आग्रह गरे । उनले आर्थिक क्रान्तिविना मुलुकको अर्थतन्त्र सुदृढ नहुने बताए ।

लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले भरतपोखरी गाविस समेत लेखनाथमा मिसिए पछि कृषि क्षेत्रको नगरपालिकाका रुपमा अघि वढाउनु पर्नेमा जोड दिए ।
उनले स्थानीय उत्पादनलाई जोड दिदै, कृषिमा नयाँ प्रविधि भित्र्याउनु पर्ने बताए ।
महोत्सवको पहिलो दिन लेखनाथ नगर र छिमेकी गाविस समेतबाट सयौंको संख्यामा आमा समूह, टोल विकास संस्था, विभिन्न जातिय संघ संस्थाले झाँकी तथा र्याली प्रर्दशनी गरेका थिए ।
१८ गते देखी देखी २९ गतेसम्म संचालन हुनेछ । मेलामा विभिन्न बस्तु तथा सेवाका तिनसय भन्दा वढी स्टलहरु राखिएका छन् ।
उद्घाटनको पहिलो दिन विहिबार मात्रै हजारौ दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।



