वलिउड अभिनेत्री कंगनाको कृषि मोह

Posted by my storry | Sunday, June 7, 2015 | Posted in ,

जेष्ठ २४, 
वलिउडमा आप्mनो सम्भावनाको सार्थक उपस्थिति जनाईसकेकी एक भारतिय अभिनेत्री कंगना रनावत एक सफल कलाकारको साटो सफल किसान वन्न चाहन्छिन् । सायदै पत्यारलाग्न सक्छ तपाईहरुलाई यो कुरा तर सत्य यहि हो कि भारतको दिल्लिमा भएको एक पत्रकार सम्मेलनमा वोल्ने क्रममा उनले भनेकी छन् सधै म फिल्म क्षेत्रमा रहिरहन्छु भन्ने छैन मलाई किसान वन्न मन छ ।  म मेरै वारीमा मुला फलाउन चाहन्छु, कुनै दिन सागसब्जी मात्र खाएर दिनचर्य विताउन चाहन्छु । 
छोटो समयमा आफुलाई अब्बल वनाउन सफल कंगनाले ‘ग्यांगस्टार’, ‘वो लम्हे’, ‘लाइफ इन अ मेट्रो’, ‘तनु वेड्स मनु’ ‘फेसन’, ‘क्रिस–३’ जस्ता फिल्म खेल्न भ्याई सकेकी छन् भने अहिले ‘तनु वेड्स मनु रिर्टन’ मा उनै कंगनाको क्रेज फेरि दोब्बर बनेको छ– डबल रोल चरित्रमा । 
पत्रकारको विचमा कंगनाले भनिन ‘हिन्दी फिल्म जगतमा महिलाका निम्ति अक्सर परम्परागत भूमिका मात्रै दिइने गरिएको छ, ‘तर, हामी पनि परिवर्तनका संवाहक हुन सक्छौं, आज एउटी महिला पत्रकार, इन्जिनियर वा अन्य स्वच्छन्द भूमिकाका निम्ति पनि योग्य भइसकेका छन् ।’
गतवर्ष कंंगनाले ‘क्वीन’ फिल्मबाट २६ बर्षकै उमेरमा राष्ट्रिय फिल्म अवार्ड प्रप्त गरेकि थिईन । 

भाडामा राहत दिँदै घरबेटी

Posted by dadad | Tuesday, May 26, 2015 | Posted in ,

१३ जेठ, काठमाण्डौ । काठमाडौं बौद्धका दुर्गानाथ दाहालको घरमा ६ परिवार बहालमा बस्छन् । घर बहालवापत दाहालले मासिक ४० हजार रुपैयाँ आम्दानी गर्छन् । तर भूकम्पपछि दाहालले आफ्नो घरमा बस्ने सबै परिवारको वैशाख महिनाको भाडा मिनाह गरिदिएका छन् । नागरिक दैनिकमा समाचार छ ।

काठमाडौं मनमैजुकी भवानी खतिवडाले पनि आफ्नो घरमा बस्दै आएका ५ परिवारसँग भाडा नलिइएको बताईन ।

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका घरबेटीले घरबहालमा बस्नेको घरभाडा मिनाहा गर्न थालेका छन् ।

इजिप्टका पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय

Posted by my storry | Saturday, May 16, 2015 | Posted in

कायरो, २ जेठ । 
इजिप्टको अदालतले इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको छ । 
शनिबार इजिप्टको अदालतले सो सजाय सुनाएको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार पूर्व राष्ट्रपति मोर्सीलाई जेल तोडेको र इजिप्टमा आतङ्क मच्चाएको आरोपमा सो सजाय सुनाइएको हो । उहाँसहित उहाँको दलका १०० जना समर्थकलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०११ मा भएको प्रजातन्त्रको आन्दोलनका क्रममा उहाँ र ती कार्यकर्ताले जेल तोडेर भागेको आरोप उनीहरुलाई लगाइएको छ । 
शनिबार सो सजाय सुनाउँदा उहाँका पार्टीका कार्यकर्तासहित उहाँ अदालतमा नै उपस्थित हुनुहुन्थ्यो । उहाँमाथिको मृत्युदण्डको सजाय सुनाउने क्रममा पूर्व राष्ट्रपति मोर्सीले उक्त निर्णयको विरोध गर्नुभएको थियो । त्यस बेला उहाँ अदालतमा रहनुभएको र न्यायाधीशले सो सजाय सुनाउदा आफ्ना दुबै मुड्की उचालेर सो फैसलाप्रति विरोध जनाउनुभएको थियो । कतिपय मुस्लिम कानुनहरु मुस्लिम धर्मगुरु वा मुस्लिम धर्म कानुनका व्याख्याताको हातमा पनि हुने गर्दछ । यो फैसलापछि पनि उनीहरुले यसमा पुनव्र्याख्या गर्नेछन् ।त्यसैले यस सजायका बारेमा पनि ती धर्म गुरुको बारेमा सुझाव लिने काम उक्त अदालतले गर्नेछ । उक्त परामर्शपछि सो अदालतले अन्तिम फैसला भने आगामी जुन २ मा सुनाउने छ । मोर्सीमाथिको सुनुवाइका क्रममा गत बिहीबार नै उहाँमाथि मृत्युदण्डको कानुन सुनाउनसक्ने सङ्केत अदालतले दिएको थियो । सो अदालतले उहाँलाई जेल तोडेर भागेको वा अरु पनि कयौँ व्यक्ति भगाएको तथा उहाँका अरु साथीलाई भने सरकारका विरुद्धमा गुप्तचर गरेको आरोपमा सो सजाय सुनाउने तयारी गरिएको हो । सन् २०११ मा उहाँको नेतृत्वमा इजिप्टमा प्रजातन्त्रका लागि आन्दोलन भएको थियो । सो आन्दोलनपछि उहाँ सत्तामा आएर संविधानसभाको निर्वाचन गराउनुभएको थियो ।  सो निर्वाचनमा उहाँको दलले लगभग दुई तिहाई मत हासिल गरेपछि सत्तामा रहनुका साथै उहाँकै पहलमा नयाँ संविधान पनि निर्माण भएको थियो । पछि उहाँलाई करिब दुई वर्षमात्र अघि त्यहाँको सेनाले सत्ताच्युत गरी जेल हालेको हो । उहाँ विगत लामो समयदेखि नै सैनिक हिरासदमा रही आउनुभएको छ । रासस÷एएफपी

उत्तर कोरियाका रक्षामन्त्रीलार्इ तोपले उडाइयो

Posted by Unknown | Wednesday, May 13, 2015 | Posted in

फोटो :एजेन्सी
एजेन्सी : उत्तर कोरियाका रक्षामन्त्री ह्यान याङ्ग चोललार्इ सयौं मानिससामू तोपले हानेर उडाइएको छ । समाचारअनुसार दक्षिण कोरियाको जासुसी एजेन्सीले जानकारी संसदलार्इ दिएको हो ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहपका अनुसार सांसदहरुलार्इ बताएअनुसार ३० अप्रिलका दिन सयौं मानिसकै सामुन्ने ह्यान याङ्लार्इ एन्टी एयरक्राफ्ट तोपले हानेर उडाइएको हो ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग युनप्रति बफादार नभएका कारणलार्इ तोपले हानेर मारिएको बताइएको छ।
यो मामिलाबारेमा अझै विस्तृत जानकारी आइसकेको छ । तर योनहपले दक्षिण कोरियाको जासुसी एजेन्सीलार्इ उधृत गर्दै जनाएअनुसार उनी किम जोङ्ग युन सहभागी एक कार्यक्रममा निदाएका थिए । उनले किम जोङ्य युनले दिएको कतिपय निर्देशन समेत पालना नगरेको आरोप छ ।

ह्यान २०१० मा जनरल पदमा थिए । उनीबारेमा उत्तर कोरियन जनतालार्इ पनि कमैमात्र जानकारी रहेको बताइन्छ ।

उनले डिसेम्बर २०११ दिवङ्गत नेता किम जोन इलको अन्तिम संस्कारका लागि बनेको समितिका लागि योगदान गरेका थिए । त्यही कारण उनको प्रभाव बढेको संकेत मिलेको थियो ।

सन् २०१२ मा उनी रक्षामन्त्री बनेपछि कयौं वरिष्ठ अधिकारीलार्इ पदबाट हटाइएको थियो । केहीलार्इ मृत्युदण्डसमेत दिइएको थियो । जसमा उनका काका चाङ्ग साङ्ग टेक पनि थिए ।

चाङ्ग कुनै बेला उत्तर कोरियाकै दोस्रो सबैभन्दा प्रभावशाली व्यत्कि थिए । उनलार्इ डिसेम्बर २०१३ मा पार्टीबाटै गिरफ्तार गरिएको थियो । उनीमाथि आफ्ना भतिजाविरुद्ध षड्यन्त्र गरेको आरोप थियो ।

कोलोम्बियामा हेलिकोप्टर दुर्घटना, चार सैनिकको मृत्यु

Posted by my storry | Monday, May 11, 2015 | Posted in

बोगोटा, २८ वैशाख ।
कोलोम्बियाको मध्ये भागमा पर्ने उरिबे क्षेत्रमा आइतबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार कोलोम्बियाली सैनिकको ज्यान गएको सैनिक स्रोतले जानकारी दिएको छ ।  अमेरिकामा बनेको सो हेलिकोप्टर स्थानीय समयाअनुसार आइतबार अपराह्न २ बजे  दुर्घटना भएको सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको हो ।  सो हेलिकोप्टरमा प्राविधिक कठिनाइ आएपछि दुर्घटना भएको अनुमान गरिएको छ ।   सैनिकद्वारा प्रकाशित दुर्घटनासम्बन्धी विज्ञप्तिमा हेलिकोप्टर दुर्घटनमा ज्यान गुमाउने  ती सैनिकको सङ्ख्या चार रहेको भन्दै उनीहरुका परिवारजनमा समवेदना प्रकट गरिएको छ  ।  सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा विमान चालकसहित चार जना रहेका थिए । उक्त दुर्घटनामा घाइते भएका अन्य दुईजना उपचारार्थ अस्पताल लगिएको जनाइएको छ । रासस ÷एएफपी 

अन्तत खान जेलमा

Posted by my storry | Wednesday, May 6, 2015 | Posted in

२३ वैशाख, 
१२ वर्ष पुरानो एक मुद्धामा सुनुवाई गर्दै मूम्बईको एक अदालतले भारतका सुपर स्टार नायक सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । 
जमानतमा छुट्नका लागि खानले उच्च अदालतमा अपिल गर्नुपर्ने छ । 
आज भएको सुनुवाईका क्रममा वकिलहरुले सलमानले त्यस समयमा नशामा गाडी हाँकेको र उनि विरुद्ध लागेका सवै आरोप सत्य सावित भएको भन्दै ५ वर्षको जेल सजाय सुनाएको विविसी हिन्दीले लेखेको छ ।  
निकै भावुक र निरास मुद्रामा सुनुवाईमा वसेका खानले सुनुवाई पछि वाहिरीने समयमा सञ्चार माध्ययममा कुनै प्रतिक्रिया दिन मानेन् । 
खानलाई २८ सेक्टेम्बर २००२ मा फुटफथमा बस्ने एक व्यक्तिको गाडीको ठक्करबाट मारेको आरोप लागेको थियो । 

भद्रगोल’ आजबाट सुचारु हुने

Posted by dadad | Friday, April 24, 2015 | Posted in

bhadragolबैसाख ११, ललितपुर  लामो समयदेखि रोकिएको हास्य सिरियल ‘भद्रगोल’ आजबाट सुचारु हुने भएको छ । वोल्ड भिजन विज्ञापन एजेन्सीलेसगँ काम गरेको भद्रगोलले अगामी दिनमा मिडिया हबसगँको सहकार्यमा काम गर्ने भएको छ ।
नेपाल टेलिभिजनमा वोल्ड भिजनले नक्कली बैङ्कीङ कागजपत्र देखाई टेन्डर हालेको खुलेपछि कारवाहीमा परेको थियो । जसले गर्दा हास्य टेलिश्रङला भद्रगोल रोकिन पुगेको थियो ।
हरेक साता शुक्रबार बेलुका ८:४५ बजे प्रशारण हुने यो कार्यक्रम पछिल्लो समय लोकप्रिय बनेको छ ।

मोर्सीलाई मृत्युदण्डको खतरा

Posted by my storry | Tuesday, April 21, 2015 | Posted in

कायरो, ८ वैशाख ।
दुई वर्षअघि अपदस्थ गरिएका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्ड दिइनसक्ने खतरा रहेको समाचार छ । प्राप्त समाचारमा इजिप्टको एक अदालतले उहाँ विरुद्धको मुद्दामा आज फैसला सुनाउँदै छ । सो मुद्दाको पैmसलामा उक्त अदालतले उहाँलाई मृत्युदण्डको सजाय हुन पनि सक्ने अनुमान गरिएको छ । उहाँलाई आतङ्कवादका साथै सन् २०१२ मा भएको विरोध प्रदर्शनका क्रममा उहाँको आदेशमा कयौं नागरिकको हत्या गरिएको भनी सो आरोप लगाइएको छ । 
उहाँलाई इजिप्टको सेनाले राष्ट्रपतिबाट अपदस्थ गरेको थियो । रासस÷एएफपी 

अष्ट्रेलियामा आँधीको त्रास, तीनको मृत्यु

Posted by my storry | | Posted in

सिड्नी, ८ वैशाख । 
अष्टेलियाको न्यु साउथ वेल्स राज्यमा आँधीको त्रास छाएको छ । आँधीका कारण हुनसक्ने खतराको सूचना जारी गरिएको बताइएको छ । सोही राज्यमा मङ्गलबार आएको भीषण आँधीमा परी तीन व्यक्तिको मृत्यु भएको समाचार छ । सो राज्यमा आँधी आउन सक्ने खतराको सूचना दिइएको थियो ।
 न्यु साउथ वेल्स राज्यको पश्चिममा रेहको डुङ्गओगमा सो आँधीमा परी एक महिला र दुई पुरुषको मृत्यु भएको मङ्गलबार जनाइएको छ । यस आँधीको कारण १ लाख ८० हजार भन्दा बढी घरमा विद्युतको लाइन पनि काटिएको बताइएको छ । 
न्यु साउथ वेल्समा लगातार जारी रहेको आँधीको कारण बाढी समेत आएकोर सो बाढीमा परेका ४७ भन्दा बढी व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । 
उक्त राज्यको संकटकालीन सेवाले दिएको जानकारीअनुसार त्यहाँ मङ्गलबार दिनभर नै आँधीको खतरा जारी रहने सूचना दिइएको छ ।
न्यु साउथ वेल्समा यस्तो आँधी दश बर्षपछि यो पहिलो पटक आएको बताइएको छ ।
रासस÷एएफपी

न कसैको जित, न हार्नै तयार

Posted by Unknown | Monday, April 13, 2015 | Posted in ,

१ वैशाख, काठमाडौं । सभाध्यक्ष सुवास नेम्बाङले फागुन अन्त्यतिर बोलाएको राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, 'कांग्रेस र एमालेले दुई तिहाइको कुरामात्र नगर्नुहोस्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

बरु संविधान बनाउनुहोस्। सबै जाति, क्षेत्र र समुदायको अधिकार सुनिश्चित गर्न सक्नुभयो भने तपाईंहरूले बनाएको संविधान जनताले मान्छन्, नभए हाम्रो आन्दोलनलाई जनताले साथ दिन्छन्।'

त्यतिबेला यादवले दुई तिहाइबाट संविधान बने आपत्ति नहुने 'बरु त्यसका विषय हेरेर विरोध वा समर्थन' गर्ने जनाउ दिएका थिए। त्यसयता न कांग्रेस-एमाले नेतृत्वको सत्ता गठबन्धनले दुई तिहाइबाट संविधान बनाउने हिम्मत गरे, न विपक्षी दल संविधानसभाको संख्याअनुसार हार्न तयार भए।
संविधानलेखनको काम विघटित संविधानसभामा जुन स्थानमा थियो, त्यसबाट एक इन्च पनि अघि सरेको छैन। दोस्रो संविधानसभाले गत वैशाखदेखि संविधान लेखनको काम औपचारिक रूपमा सुरु गरेको थियो। विघटित पहिलो संविधानसभाको स्वामित्व ग्रहणपछि संविधानको काम फटाफट अघि बढ्ने आकलन गरिए पनि एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पुगेर संविधानको काम ठप्प भयो।

भदौ २१ गतेभित्र आफ्नो काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा पाएको संवाद समितिले सहमति जुटाउन नसकेर विवादित विषय जस्ताको तस्तै संविधानसभामा पठायो। पटकपटक म्याद दिँदा पनि संवाद समितिले सहमति जुटाउन नसकेपछि कसरी अघि बढ्ने भन्नेमा दलबीचको गलफत्तीले संविधानसभाको अधिकांश समय खेर गयो।

पहिलो संविधानसभामा जुन विषयमा दलहरू अड्केका थिए, दोस्रो संविधानसभा पनि तिनै विषयमा अड्किएको छ। उल्टै दलहरूबीचको तिक्तता र अविश्वासले नयाँ संविधानको भविष्यमाथि कालो बादल मडारिएको छ।

एक वर्षमै संविधान बनाउने भनी दलहरूले चुनावी घोषणापत्र र जनताका माझमा बाचा गरे पनि संविधान जारी गर्न तोकिएको माघ ८ को मिति त्यसै कटाए।
माघ ५ गते सहमति जुट्न नसक्ने अवस्थामा सभाध्यक्ष सुवास नेम्बाङले प्रश्नावली बनाउन प्रस्ताव निर्माण समितिको गठनको प्रस्ताव गर्दा एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधानसभामा तोडफोड र हुलदंगा मच्चायो।

उक्त घटनाले सत्तापक्ष र विपक्षी मोर्चाबीच बढाएको दूरी अझै मेटिन सकेको छैन। विपक्षीको बहिष्कारबीच संविधानका विवादित विषयका प्रश्नावली बनाएर सभामा पेस गरिए पनि थन्किएका छन्।

अर्की स्कुले छात्रा पनि होस्टलमै गर्भवती, निरीक्षक निलम्बित

Posted by Unknown | Tuesday, March 17, 2015 | Posted in


एजेन्सी । भारतको उडिसामा पछिल्ला दुई महिनामा छात्रा गर्भवती भएको तेस्रो घटना सार्वजनिक भएको छ ।
सरकारी होस्टलमा बसेर अध्ययन गर्ने एक आदिवासी छात्रा गर्भवती भएको सूचना पाएपछि जिल्ला प्रशासनले होस्टल निरीक्षकलाई निलंबन गरेर घटना अनुसन्धान सुरु गरेको छ ।
आदिवासी बाहुल्यता रहेको मलकानगिरी जिल्लाका अधिकारी प्रशान्त रेड्डीले कक्षा नौं मा अध्ययन गर्ने छात्रा गर्भवती भएको जानकारी दिएको समाचारमा जनाइएको छ ।
होस्टल राज्य सरकारको अनुसूचीत जाति र जनजाति विभागले सञ्चालन गरेको हो । घटना सार्वजनिक भएपछि होस्टल निरीक्षक सबिता रानीलाई निलम्बन गरेको इण्डियन एक्सप्रेसले जनाएको छ ।
प्रहरीले भने ती युवती घरविदामा गएको समयमा कुनै युवकका साथ सम्बन्ध बनाएर गर्भवती भएको जनाएको छ । पछिल्लो महिनामा कन्धमाल जिल्लामा एक छात्रा गर्भवती भएको घटना सार्वजनिक भएको थियो ।

एसएससीमा चिट चोरे रेस्ट्रिकेट

Posted by Unknown | Sunday, March 15, 2015 | Posted in , ,


०२ चैत्र, काठमाण्डौ, - यही ५ चैतबाट देशभर हुन लागेको एसएलसीअन्तर्गत काठमाडौंमा हुने परीक्षामा कडा अनुगमन गरिने भएको छ ।  नयाँ  पत्रिका दैनिकमा समाचार ५ । देशकै सबैभन्दा बढी परीक्षार्थी रहेको काठमाडौंमा एसएलसीलाई व्यवस्थित,अनुशासित र सफल बनाउन सबै प्रकारका तयारी पूरा भएको एसएलसी तयारी जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए ।

आइतबार जिल्ला शिक्षा कार्यालय काठमाडौंले गरेको केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रममा प्रजिअ अर्यालले परीक्षामा कुनै पनि चिटका टुक्रा भेटिनासाथ कडा कारबाही गर्न सम्पूर्ण केन्द्राध्यक्षलाई कडा निर्देशन दिए ‘परीक्षालाई मर्यादित र अनुशासित बनाउनुहोस्,चिट चोरेको पाइए तत्काल कारबाही गर्नुस्,तपाईंहरुको सुरक्षाको जिम्मा पूर्ण रुपमा हामी लिन्छौं,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।
यस वर्षको एसएलसी परीक्षा सकिएलगत्तै विद्यार्थीको कन्ट्रोल सिस्टम सार्वजनिक हुने भएको छ । एसिड पीडित ३ छात्राले उपचारकक्षाबाट नै परीक्षा दिदैछन् ।

१९ दिनमा ५७ तले भवन

Posted by Unknown | Wednesday, March 11, 2015 | Posted in , , ,


२८ फागुन, काठमाण्डौ (एजेन्सी) – चिनियाँहरु आश्चर्यजनक कार्य गर्नका लागि अग्रणी छन् । आश्चर्य थप्ने क्रममा एउटा चिनियाँ कम्पनीले त्यस्तै काम गरेको छ । चीनको ब्रोड सस्टेनएवल बिल्डिङ नामको कम्पनीले केवल १९ दिनमा ५७ तले गगनचुम्बी भवन निर्माण सकेको छ ।
26899C3000000578-2989769-High_life_The_building_has_800_apartments_and_enough_office_spac-a-97_1426083988498
कम्पनीले चीनको चाङ्सा कुल २० लाख वर्गफिट क्षेत्रफल भएको मिनिस्काई सिटी नामको भवन बनाएको हो । भवनमा चार हजार जनाका लागि पर्याप्त हुने अफिस स्पेस छ भने आठ सयवटा अपार्टमेन्ट छन् । त्यस्तै भवनमा १० मिटर अग्ला १९ वटा चोक पनि छन् ।
कम्पनीले अनलाइनमा राखेको निर्माण भिडियोमा इन्जिनियर र कामदारले अद्भूत तरिकाले काम गरिरहेको देखिन्छ । निर्माणका क्रममा कम्पनीले पूर्वनिर्मित खण्डहरु जोडेका थिए । उक्त भवन दिनमा सरदर तीन तलाका दरले निर्माण भएको थियो ।आजको नयाँ पत्रिकामा खबर छ ।

बालिकामाथि ज्यादतीः गरियो ३५ वर्षको पूरुषसँग विवाह

Posted by Unknown | Wednesday, February 25, 2015 | Posted in


 फागुन १३ काठमाडौं, –हामीले बाहिरबाट हेर्दा भारतलाई निकै विकसित देख्छौँ तर भारतको केहि भुभागहरु त्यस्ता छन् जहाँ मानिसहरुमाथि अन्याय भइरहेको छ । यो कुराको पुष्टि भारतको एउटा ताजा उदाहरणले गर्ने गर्दछ । पुलिसले एउटा यस्तो घटनाको पर्दाफास गरेको छ जसमा एक ३५ वर्षका पुरुषले १२ वर्षकी बालिकासँग विवाह गरेका छन् ।

पुलिसले ती बालिका र उनकी बहिनीलाई षड्यन्त्रकारीहरुको चंगुलबाट निकाल्न सफल भएका छन् । पुलिसले दुबै बालिकाहरुलाई थानामा ल्याएका छन् । बालिकाहरुलाई उनीहरुको अभिभावकसम्म पुर्याउन पहल भइरहेको पुलिसले जानकारी दिएको छ ।

गरिबी र बाध्यताः
वास्तवमा बालिकाहरुका आमा–बुवा गरिब र बाध्य थिए । त्यसकारण उनीहरुले बाध्यतामा आएर आफ्ना दुई छोरीहरुलाई आफूभन्दा टाढा राखे । करिब ६ महिना पहिले आफ्नो छोरीहरुलाई राम्रोसँग पाल्ने भन्दै आफन्त पर्ने एक महिलाले उनीहरुलाई लिएर गएको र पछि त्यहि महिलाले १२ वर्षीय बालिकालाई ३५ वर्षीय सँग विवाह गराइदिइन् । स्थानीय मानिसहरुको सूचनाको आधारण पुलिसले ती बालिका बेहुली र उनकी आठ वर्षीय बहिनीलाई त्यहाँबाट मुक्त गरेर थानामा ल्याएको बुझिएको छ ।

वास्तवमा यो घटना भारतको झाँसीमा बस्ने १२ वर्षीय वर्षा र उनकी आठ वर्षीया बहिनीको हो । उनीहरुको घरमा चार बहिनी र एक भाइ रहेका छन् । राम्रोसँग हेरबिचार गर्छु भन्दै घरबाट टाढा ल्याइएका उनीहरुलाई ती आफन्त पर्ने महिलाले आफ्नो टाढाको नातेदार मुन्नीको घरमा पुर्याइन् ।

महिलालाई पाँच सय रुपैयाँ दिइन्ः
जानकारीका अनुसार, घरमा काम गर्नका लागि मुन्नीले दुबै बालिकाहरुलाई आफ्नो घरमा राखेकी हुन् । यसका लागि उनले ती महिलालाई पाँच सय रुपैयाँ पनि दिएको बुझिएको छ । तर १९ फेब्रुअरीमा उनले आफ्ना ३५ वर्षीय छोरा राजुसँग वर्षाको विवाह गराइदिइन् । वर्षाकी बहिनी पनि त्यहि घरमा नै बस्दै आएकी थिइन् ।
स्रोतः वानइन्डिया

स्वाइन फ्लू महामारी बन्न सक्छ

Posted by Unknown | Monday, February 23, 2015 | Posted in , ,

१२ फागुन, काठमाण्डौ- राजधानीमा थप तीनजनामा स्वाइन फ्लुको संक्रमण देखापरेको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थुक परीक्षण गर्दा थप तीनजनामा संक्रमण देखिएको सोमबार पुष्टि भए पनि रिपोर्ट सार्वजनिक भइसकेको छैन।
 
यसअघि भारतबाट फर्किएका तीनजनासहित पाँचजनामा संक्रमण पुष्टि भइसकेको छ। पाँचजनामध्ये तीन काठमाडौं र दुई पोखराका छन्। त्यसअघि भारत घुमेर फर्किएका एक नेपाली चिकित्सकलाई पनि संक्रमण पुष्टि भएको थियो। औषधि सेवनपछि उनलाई निको भएको महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताए।
 
भारतमा महामारीको रूप लिइरहेको स्वाइन फ्लुको रोकथाम पहल नेपालमा नहुँदा यो तीव्र रूपमा फैलिने खतरा बढेको छ। सरकार गम्भीर नभए यसबाट नेपालमा अकल्पनीय क्षति हुनसक्ने छ। दैनिक हजारौं मानिस आवतजावत गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सिमाना नाकामा सतर्कताका लागि स्वास्थ्य जाँचको व्यवस्था गरिएको छैन।
 
विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा छिट्टै र एकैपटक धेरै मानिसमा संक्रमित हुने यो रोगबाट भारतमा पछिल्लो दुई महिनामा आठ सयजनाभन्दा बढीको ज्यान गएको छ भने साढे ११ हजार बिरामी परेका छन्।
 
'स्वाइन फ्लु नियन्त्रणका लागि त्यति धेरै प्रयास गर्दागर्दै त भारतमा धेरैको ज्यान गइसकेको छ, नेपालमा त्यहींबाट आएका मानिसमा संक्रमण पुष्टि पनि भइसक्यो तर रोकथामका लागि पूर्ण बेवास्ता गरिएको छ,' टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने।
 
उनले स्वाइन फ्लुको खतरा ठूलो भएकाले समयमै सतर्कता अपनाउनुपर्नेसमेत बताए। 'जोखिम निकै बढेको छ, रोकथामका लागि भारतमा आवतजावत नै बन्द गर्न सम्भव छैन', सेन्चुरीले भने, 'तर त्यहाँबाट फर्किएका प्रत्येक मानिसको निगरानी आवश्यक भइसकेको छ। सम्बन्धित व्यक्तिका परिवार र स्वास्थ्य संस्था दुवै चनाखो हुनुपर्छ।'
 
संक्रमण रोक्न विमानस्थल र सीमा नाकामा स्वास्थ्य जाँच (स्क्रिनिङ) तत्काल गर्नुपर्ने उनले बताए। अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतसँगको खुला सिमानाका कारण नै स्वाइन फ्लु फैलिने खतरा बढेको बताए।
 
'को, कहिले, कसरी नेपाल फर्कियो र ऊ कसरी, कोसँग, कस्तो अवस्थामा हिँडिरहेको छ भन्ने हामीलाई जानकारी छैन', उनले भने, 'निगरानीको व्यवस्था नहुँदा बाहिरको कुरा छोडौं, बिरामी भएर अस्पतालमा आउनेबाटै अर्को स्वस्थ मानिसलाई सर्ने 

खतरा छ।' महामारी निम्त्याउन सक्ने यस्ता रोग नियन्त्रणका लागि सरकार गम्भीर नभएको उनले बताए।  अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

श्रीमती रिताले औला भाच्छीन, ३ बर्षको छोरो “बाबा कहिले आउने” भनेर सोध्छ, मन भरिएर आउछ,

Posted by my storry | Sunday, February 22, 2015 | Posted in ,


मलेसियाबाट सन्तोष देउजा लेख्छन, नेपालीबाटै ठगिए ज्ञानु-


घरमा फोन गर्दै पिच्छे तपाई आउन अब यति महिना बाकी छ भन्दै ज्ञानुकी श्रीमती रिताले औला भाच्छीन रे । ३ बर्षको छोरो सधै “बाबा तपाई कहिले आउने” भनेर सोध्छ मन भरिएर आउछ, ज्ञानु आँसु पुच्दै भन्छन्“सर म त नेपाल फर्कुला झै लाग्दैन्, कति नै ठुलो सपना देखेर रिताले जबरजस्ती बिदेश पठाईन बिदेशमै कुहिने भै यो 

तस्विरमा देखिएका रामेछाप जिल्ला गुन्सी गाविसका २६ बर्षिया ज्ञान बहादुर मगर हुन् । हाल उनी रोजगारीका लागि मलेशिया छन् । मलेशियाको जोहोर राज्य अन्र्तगत कुला¨ स्थित डल्फन कम्पनीमा सेक्रियुटी गार्ड छन् ज्ञानु । तलब १२ सय रिन्गेट ९ नेपाली करिब ३६ हजार, त्यसैमा खाएर० महिना भरि दिनको बाह्र घण्टा खटेर कमाउछन् ।

उनी मलेशिया बसेको १७ महिना बितिसक्यो । तर उनले हाल आएर मात्रै बिदेश आउदाको ऋण चुक्ता गर्न सफल भए । उनी यो सुधारिएको स्थितीसम्म आईपुग्दा धेरै कष्टहरु सहेर सम्हालिएका छन् ।
मेनपावरले जापनिज ईलेक्ट्रोनिक कम्पनी भनेर वावासेन नामक बिल्डी¨ कन्ट्रक्सनमा पठाईदियो । मलेशिया आएपछि खाना बस्न मात्रै पुग्ने तलबमा काम गर्न उनलाई पटक्कै मन भएन् ।
जिउ ज्यानको प्रवाह नगरी उनी अवैध रुपमा मलेशिया बस्न थाले । यो बिचमा काममा लगाईदिने प्रलोभनमा धेरै नेपालीहरुबाटै ज्ञानु ठगिएका रहेछन् । ईलाम जिल्ला ईवा¨ गाविस अन्दाजी २९ बर्षिया डिल्ली काफ्ले नाम गरेका व्यक्तिले ज्ञानको २७ सय ७० रिन्गेट९नेपाली करिब ९५ हजार० लिएर फरार छन् । 
१० महिना भयो काफ्ले सम्पर्क बाहिर छन् । अबैध रुपमा मलेशिया बस्दै आएका काफ्लेले नै ज्ञानुलाई काममा लगाईदिएका थिए । नेपालको ऋण एकमुष्ठ पैसा पठाएर तिरौला भन्ने सपना ज्ञानुको अधुरै रह्यो । पालो गरि पैसा पठाउने नाममा ३ महिना पछि ज्ञानु रित्तै भए । त्यसदिन देखि बिच्कििएको मन लिएर उनी मलेशियाको क्वालालाम्पुर छाडेर कुला¨मा अबैध रुपमै सेक्रियुटी गार्डको काम गर्दै आएका छन् । 
यो कामको लागि पनि नेपाली दलाललाई उनले ३ सय रिन्गेट तिरेका रहेछन् । कुला¨मा आएर पनि बेईमान काफ्लेलाई ज्ञानुले सम्पर्क नगरेका होईनन् तर उसले आज र भोली भन्दै निर्दोष ज्ञानुको अनुहार मैलाउने काम गर्यो । हाल उ पुर्णरुपमा सम्पर्क बाहिर छ ।
ज्ञानुले नेपालमा मेनपावर कम्पनीलाई करिब डेड लाख तिरेका रहेछन् । मेनपावरले झुक्याएर मलेशिया पठाए पछि आज ज्ञानु चाहेको बेला आफ्नो घर जान सक्दैनन् । घरमा पिरलो हुन्छ भनेर ज्ञानुले आफ्नो
स्थिति बारे अहिलेसम्म परिवारलाई भनेका छैनन् ।

घरमा फोन गर्दै पिच्छे तपाई आउन अब यति महिना बाकी छ भन्दै ज्ञानुकी श्रीमती रिताले औला भाच्छीन रे । ३ बर्षको छोरो सधै “बाबा तपाई कहिले आउने” भनेर सोध्छ मन भरिएर आउछ, ज्ञानु आँसु पुच्दै भन्छन्“सर म त नेपाल फर्कुला झै लाग्दैन्, कति नै ठुलो सपना देखेर रिताले जबरजस्ती बिदेश पठाईन बिदेशमै कुहिने भै यो

” नेपाल हुदा पनि पार्टनरसिप व्यापारमा ज्ञानु आफ्नै साथीबाट ठगिएका रहेछन् । अब ज्ञानुको चाहाना भनेकै धेरै पैसा कमाएर श्रीमती र छोराको लागि नेपाल पठाइदिने मात्रै छ अरे । यसरी नबुझी नजानी बिदेश आउदा धेरै नेपालीको बिचल्ली भएको छ । बिदेशमा पनि नेपालीबाटै ठगिनु पर्दा ज्ञानु जस्ता धेरै नेपाली कामदार अहिले जीवन देखि आशा मारिसकेका छन् ।

शीर छेदन गरेर २१ इजिप्सियनको हत्या

Posted by dadad | Sunday, February 15, 2015 | Posted in ,

४  फागुन, काठमाडौं । इस्लामिक स्टेट विद्रोहीहरुले लिबियाबाट अपहरणमा परेका २१ इजिप्सियनलाई शीर छेदन गरी विभत्स हत्या गरेका छन् । हत्या गरिएकाहरु सबै ईसाई नागरिकलाई लीबियाको तटीय शहर सिर्तेबाट गत डिसेम्बर र जनवरी महिनामा अपहरण गरिएको थियो ।

अहिले सिर्ते सहर आईएस विद्रोहीको कब्जामा छ । टाउको काटेर हत्या गरेको दृष्य लीवियाको जेहादि समुहले इन्टरनेट मार्फत सार्बजनिक गरेको थियो । हत्याको भिडियो सार्बजनिक भएपछि इजिप्टेल शोकमा डुब्दै ७ दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रपति अब्दुल फतह अल सीसीले हत्याको बदला लिने चेतावनी दिएका छन् । यसैबीच नाइजेरियाको पूर्वोत्तर शहर योबेमा आत्मघाति बम बिष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।

ओबामाको भारत भ्रमणको प्रतिदिन खर्च १९ अर्ब

Posted by Unknown | Tuesday, January 27, 2015 | Posted in ,


१३ माघ,-नयादिल्ली अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत यात्रा अमेरिकी सरकारलाई निकै महँगो हुने गरेको तथ्य फेला परेको छ । सन् २०१० मा जब ओबामा भारत भ्रमणमा गएका थिए त्यतिबेला उनको प्रत्येक दिनको खर्च करिब १९,६९,१२,००,००० नेपाली रुपैयाँ पर्न आएको थियो ।   भारतको ६६ औँ गणतन्त्र दिवसमा विशेष अतिथिको रुपमा भारत पुगेका ओबामाको यस पटकको खर्च त्यो भन्दा पनि बढि हुने भारतका न्यूज च्यानलहरुले बताएका छन् । पछिल्लो भारत भ्रमणमा ओबामाले ८०० सुरक्षाकर्मीहरुलाई भारतमा लगेका थिए भने यसपटक उनले त्यसको दोब्बर अर्थात १,६०० सुरक्षाकर्मीहरुलाई आफूसँगै लगेका छन् ।   पछिल्लो भ्रमणमा ओबामा मुम्बईको ताज होटलमा बसेका थिए जहाँ सन् २००८ मा भएको आतंककारी हमलामा कम्तीमा पनि १७३ मानिसहरुको मृत्यु भएको थियो । ओबामाको सुरक्षालाई ध्यानमा राखेर ताज होटलको ५७० वटै कोठाहरु बुक गरिएका थिए । यसका साथै उनको सुरक्षाको लागि हेलिकप्टर, मुम्बई समुन्द्री तटमा अमेरिकी र भारतीय नेवीको जहाज पनि तैनाथ गरिएको थियो ।   सूत्रका अनुसार ओबामाको सुरक्षाका लागि अमेरिकी सरकारले ठूलै रकम खर्च गर्नुपरेको थियो । एक सूत्रका अनुसार अमेरिकी राष्ट्रपतिको सुरक्षा, खाने बस्ने सुविधा र भ्रमणसँग जोडिएका अन्य कुराहरुमा प्रतिदिन लगभग २०० मिलियन डलरको खर्च आएको थियो । 

जसले ६ महिनामा आधा सम्पत्ति गुमाए

Posted by Unknown | Saturday, January 17, 2015 | Posted in


४ माघ, न्युयोर्क, घटो पेट्रोलियम पदार्थको मूल्यले विकासशील मुलुकलाई राहत पुगेपनि एकजना तेल उत्पादकको सम्पत्ति ६ महिनामै आधा घटेको छ । तेल चुम्बक भनेर चिनिने हारोल्ड हामले घट्दो इन्धनको मूल्यबाट ठूलै धक्का खानुपर्‍यो । कान्तिपुर दैनिकमा समाचार छ ।

उनको कन्टिनेन्टल रिसोर्सेस इन्क भन्ने कम्पनीको मूल्य गत वर्षको जुनमा १८ दशमलव ५ अर्ब डलर थियो । जुन यस वर्ष जनवरीमा आएर ९ दशमलव ३ अर्ब डलरमा झरेको छ । अमेरिकामा सेल तेलको सुरुवात गर्ने व्यक्तिका रूपमा समेत चिनिने उनी फोर्ब्सको सूचीअनुसार ४८ औं धनी व्यक्ति हुन् । सम्पत्ति घटेर पनि उनी विश्वकै १३२ औं धनी व्यक्ति पनि हुन् ।

उनी यस वर्ष श्रीमतीसँग पनि अलग्गिए । उनले पूर्वपत्नी सुई एन अर्ननलसँगको पारपाचुके पनि एक अर्ब डलर रकम दिनुपर्ने अदालतले फैसला गरेको थियो । जुन अमेरिकी अखबारहरूमा ठूलो समाचारसमेत बनेको थियो । अन्त्यमा ९७ करोड ५० लाख डलर तिरेर उनले पारपाचुके गरेका थिए ।

सम्पत्ति घटे पनि कम्पनीमा हामको ६८ प्रतिशत सेयर छ ।

युरोपभर आक्रमणको डर

Posted by Unknown | | Posted in

४ माघ, काठमाण्डौ, विभिन्न देशमा अक्रमण तयारीक सूचना पाएपछि युरोपभर सुरक्षा सतर्कता उच्च बनाइएको छ।
बेल्जियम, फ्रान्स र जर्मनमा २० जनाभन्दा बढी शंस्कास्पद व्यक्ति पक्राउ परेका छन्। आजको कान्तिपुरमा समाचार छ।
युरोपका प्रायः मुलुकमा सुरक्षा गस्ती तीव्र पारिएको छ। फ्रान्सले जस्तै बेल्जियमले पनि प्रहरीसँगै सेना परिचालन गरेको छ। 
पेरिसमा गत साता १७ जना व्यक्तिको हत्या भएपछि आक्रमण-प्रतिआक्रमण बढेका छन्। यसले सवत्र त्रास बढाएको छ।

    Popular Posts