Published On:Tuesday, May 5, 2015
Posted by my storry
भूकम्पको धक्का कम हुँदै गएसँगै जनजीवन सामान्य बन्दै
काठमाडौं, वैशाख २३ ।
वैशाख १२ गते देखी निरन्तर साना ठूला धक्काको महशुस भएपछि त्रसित बनेको काठमाण्डौ सहित देशका केही जिल्लाको जनजीवन सामान्य वन्दै गएको छ ।
विनाशकारी भूकम्पको धक्का कारण हाहाकारमा परिणत भएको नेपाली जनजीवन पराकम्पनहरु कम हुदै गएसँगै सामन्य बन्दै गएको हो । इन्जिनियरको सल्लाहमा बस्न मिल्ने घरमा सर्वसाधारण बस्न थालेका छन् भने बस्न नमिल्ने घरमा वैकल्पिक व्यवस्थाको खोजीमा छन् ।
मङ्गलबार चार रेक्टर स्केलभन्दा माथिका तीन भूकम्प गएको थियो भने बुधबार बिहान भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गएको शनिबारदेखि अहिलेसम्म चार रेक्टर स्केलभन्दा माथिका १ सय ४५ वटा भूकम्पको धक्का महसुस गरिएको छ । क्रमशः भूकम्पको धक्का कम हुँदै गइरहेकोे केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएका छन् ।
छ रेक्टर स्केल भन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले स–साना धक्का आउँदा आत्तिनुपर्ने अवस्था नभएको र ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले स–साना धक्का महिनाँैसम्म जान सक्ने विज्ञहरुको भनाइ छ । ठूलो भूकम्प गएपछि स–साना भूकम्प गइरहँदा ठूलो भूकम्प जान नपाउने हुनाले साना भूकम्प गइरहँदा राम्रो हुने र यसले कुनै असर नगर्ने केन्द्रका प्रमुख अधिकारीले बताए ।


