Published On:Wednesday, May 6, 2015
Posted by my storry
रौतहटमा ज्वालामुखी !! पत्रकार फणि महतको समाचार टिप्पणी
एक वाल्टीन पानीले निभ्ने ज्वालामुखी पनि हुन्छ भनेको कति अफवाह समाचार आयो भने । देश बिदेश बाट फोन आएर मोवाइलको व्याट्री नै सकियो!
रौतहटका प्रहरी प्रमुख सानुबाबु थपलियाले ज्वालामुखी निस्केको नभइ गौरको एक घरभित्र मुसाले बनाएको सानो प्वाल जस्तोबाट थोरै हिलो माटो निस्केको बताएका छन । गौर नपा–९ का अच्छेलाल कुशवाहाको घरभित्र चुलो नजिकैको मझेरीमा मुसाले बनाएको जस्तो सानो प्वाल परेको र केहि हिलो माटो र केहि खरानी जस्तो निस्केको बताइएको छ ।
हल्लाको पछि नलाग्न र त्रसित नहुन रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सवैलाइ आग्रह गरेका छन । यस्ता समाचार लेख्दा वास्तविकता र यथार्थ बुझेर मात्रै समाचार लेख्न र नागरीक लाइ भ्रममा पार्ने बिषयहरु सामाजीक संजालमा समेत नराख्न जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।
ज्वालामुखी निस्केको भन्ने घरका मालिक कुश्वाहले शुरुमा प्वालबाट आगो बलेको देखिएपछि एक बाल्टिन पानी हालेर निभाएको बताएका थिए तर पछि आफुलाइ थाहा नभएको प्रतिकृया दिन थालेका छन ।
र्हेनुस त ज्वालामुखी निस्केको भनिएको ठाउ र घर ! मलाइ त जमिन मुनी बाट मुसाले हिलो माटो निकाले छ की भन्ने पो लागेको छ , कि मुसो ले मुत्यो की त ?!!!
सामग्री उनकै फेसवुकबाट लिईएको हो



