Published On:Tuesday, February 3, 2015
Posted by dadad
तेजश भुपु मायालाई भेटेर रोए (भिडियो सहित)
कृष्ण आचार्य,
गीत संगीतमा निरन्तर क्रियाशिल तेजश रेग्मीले अर्को बेजोड प्रस्तुती ‘रातो गाडिमा’ एल्वम लिएर आएका छन ।
धोलागिरीमा जन्मेर लोक दोहोरीमा विगत केहि बर्षबाट मेहनत गरिरहेका रेग्मीको पछिल्लो गितले धेरै स्रोताको मन जित्न सफल भएको छ ।
माया प्रेममा विछोड भएका जोडि केहि समय पछि एक्कासी भेट भएको अबस्थालाई कल्पना गरि गित निमार्ण गरिएको छ ।
गीतमा विष्णु माझी र तेजश रेग्मीको स्वर रहेको छ भने शव्द सागर रेग्मी र लय तेजश रेग्मीकै रहेको छ ।
जनता डिजिटलले बजारमा ल्याएको सो गीतको म्युजिक भिडियोमा तेजश रेग्मी र निरुता शाही ठकुरीले अभिनय गरेका छन भने म्युजिक भिडियोको निर्देशन सुजन बरालले गरेका हुन ।



