Published On:Tuesday, February 3, 2015
Posted by dadad

ओलीको मानसिक स्वास्थ्य परीक्षण गर्न माओवादी मोर्चाको माग

२१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको मानसिक सन्तुलन गुमेको शंका गर्दै एकस्कृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाले स्वास्थ्य परीक्षण गर्न सुझाव दिएको छ ।

१० अर्ब रुपैयाँ दिए माओवादीले आन्दोलन रोक्छ भनेर ओलिले दिएको अभिव्यक्तिप्रति मोर्चाले भत्र्सना गरेको छ ।

ओलीको शारिरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत सन्तुलन गुमाएको भन्दै मोर्चाले तत्काल स्वास्थ्य परीक्षणका लागि सरकारसँग माग गरेको छ ।

मोर्चाको बुधबार बसेको बैठकपछि निर्णय सार्वजनिक गर्दै जारी गरिएको विज्ञप्तिमा केपी ओलीबारे गम्भीर आरोप लगाउँदै भनिएको छ,–‘उहाँ शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नुको साथै आवश्यक स्वास्थ्य परीक्षण पश्चात उहाँको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भएमा उहाँले उठाएको विषयमा उच्चस्तरीय छानविन आयोग गठन गरी यसको सत्य–तथ्य सार्वजनिक गर्न समेत आजको यो बैठक माग गर्दछ ।’

एमाले अध्यक्ष ओलीले एकीकृत माओवादीलाई २ अर्ब ३ करोड दिएपछि संसदको अवरोध हटेको भन्दै अब ५ देखि १० अर्ब दिए संविधानसभा पनि खुल्ने र सडक आन्दोलन पनि रोकिने बताएका थिए ।

0 comments for "ओलीको मानसिक स्वास्थ्य परीक्षण गर्न माओवादी मोर्चाको माग"

Leave a reply

    Popular Posts

    Blog Archive