Published On:Tuesday, February 3, 2015
Posted by dadad
मोरङका सात हजारले अपाङ्गता परिचयपत्र पाएन
२१ माघ, मोरङ । पहँुचको अभावमा मोरङमा रहेका सात हजार अपाङ्गता भएका व्यक्ति अपाङ्गता परिचयपत्रबाट वञ्चित छन् ।
मोरङमा रहेका १७ हजार अपाङ्गता भएका सर्वसाधारणमध्ये १० हजारले परिचयपत्र लिएको र बाँकी सात हजारले पहँुचको अभाव र स्वास्थ्य प्रतिकूलताको कारणले परिचयपत्रबाट वञ्चित भएको राष्ट्रिय अपाङ्ग महासङ्घ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख उत्तम शिवाकोटीले जानकारी दिए ।
मोरङको पूर्वी पहाडी जिल्ला वारङ्गी, रमिते खोला, जाँते, लेटाङबाट आएका मानसिक अपाङ्गता भएका सर्वसाधारण परिचयपत्र पाउनबाट वञ्चित भएको बेलबारी अपाङ्गता सङ्घकी अध्यक्ष सीता बराइलीले बताए ।
मानसिक अपाङ्गता भएकाले चिकित्सकलाई भेट्न नसक्ने र सम्भव नहुने भएपछि परिचयपत्र लिनबाट वञ्चित हुनुपरेको उनको भनाई छ ।



