Published On:Tuesday, February 3, 2015
Posted by dadad

विद्यार्थी कुटेर शिक्षक टाप कसे

२१ माघ, पथरी । आफ्नो गृहकार्य दिदीलाई गराउन लगाएको निहुँमा सिसवनी जहदा–९ का ६ वर्षीय बालक अजयकुमार महथालाई एक शिक्षकले निर्घात कुटपिट गरेका छन् । 

पोखरिया–६ मा रहेको ज्ञानसागर इङ्लिस बोर्डिङ स्कुलमा नेपाली पढाउने शिक्षक विनोद मण्डलले बालकलाई निर्घात कुटपिट गरेको पीडितको भनाइ छ ।

गत सोमबार गृहकार्य गरेर ल्याउन दिएकामा गृहकार्य आफूले नगरी दिदीलाई गराउन लगाएको भन्दै शिक्षकले बालकलाई पिटेको बताइएको छ । 

कुटपिटबाट बालकको दायाँ तिघ्रामा चोट र ढाडमा समेत निलडाम छ । छोरालाई विद्यालय पढ्न पठाएको तर पशुलाई कुटेजस्तो पिटेको भन्दै अजयका बुबा रामदेव महथाले शिक्षकमाथि कारबाहीको माग गरे ।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक फरार भएका छन् । विद्यालयका प्रधानाध्यापक अरूणकुमार मण्डलले विद्यार्थी पिट्नु गलत भएको बताए ।

विद्यार्थीमाथि भएको कुटपिटको चौतर्फी विरोध भएको छ । विद्यार्थी कुटपिटप्रति जिल्ला शिक्षा कार्यालय मोरङले पनि ध्यानाकर्षण भएको जनाएको छ । रासस

0 comments for "विद्यार्थी कुटेर शिक्षक टाप कसे"

Leave a reply

    Popular Posts

    Blog Archive