Published On:Wednesday, February 4, 2015
Posted by Tekman Shakya
देश दौडाहामा लोक गायक नविन पौडेल

काठमाडौ । यतिबेला लोक गायक नविन पौडेल देश दौडाहमा छन् । उनी कुनै अभियानमा नभई स्टेज कार्यक्रमका लागि देश दौडाहमा रहेका हुन् ।
स्टेज किङको रुपमा चर्चा हुदै आएको नविनको व्यस्तता निकै चुलिएको छ । पाल्पामा जन्मिएका नविन समाज परिर्वतनका खातिर यथार्थ धरातलमा सन्देशमूलक गीत सृजना तथा गाउदै आएका छन् ।
दाङको भालुवाङ, जाजरकोट, बाँकेको कोहलपुर, सुर्खेत, सिन्धुली, बर्दिया, मकवानपुर र बुटवलमा आयोजना भएका महोत्सबका दर्शकलाई छमछमी नचाउदै हिडेका नविनले फागुनको २० गते सम्म कार्यक्रम निक्यौल भईसकेको बताए ।
अब पाल्पाको वराङदीमा हुने मृत्यून्जय शिवासन नेपाल महोत्सवका साथ रुपन्देहि, बर्दिया, कन्चनपुर, तुलसिपुर महोत्सव लगायतका दर्जन भन्दा बढी कार्यक्रममा आफ्ना आकर्षक प्रस्तुती दिने तयारीमा रहेको उनले नेपालीमाटोलाई बताए ।
कलाकर्मीले मेला महोत्सबलाई आम्दानीको मुख्य मौसमको रुपमा दिने गर्छन् । नविनले स्टेज कार्यक्रमले आफुलाई लोक क्षेत्रमा टिकाएको बताउछन् ।




